(इटहरी) प्रदेश १ को प्रमुख सहर मध्ये एक मानिने इटहरीमा यही भाद्र २१, २२ र २३ गते उधमसिलताको बृहत कार्यशाला आयोजना हुने भएको छ |
एभरेष्ट पोलेसी इन्स्टिच्युट बार्षिक कार्य योजना अन्तर्गत हुन गई रहेको उधमसिलताको बृहत कार्यशालाको तयारी तीब्र रुपमा अघि बढी रहेको आयोजकले बताएको छ |युवा विकास तालिम केन्द्र इटहरीको सभाहलमा हुने कार्यशालामामा सम्बृदि फाउन्डेसनका निर्देशक रोबिन सिटौला , ग्लोबल इन्टरपेनरसिप नेटवर्क नेपालका निर्देशक दिपेन्द्र चौलागाई , विकल्प एण्ड अलर्टरनेटिभका निर्देशक बसन्त अधिकारी ,पि.एल.ओ. लुब्रिकेन्ट्सको निर्देशक भोलेश्वर र दुलाल , प्रशासकिय अधिकृत संजय अधिकारी लगायत प्रशिक्षकका रुपमा उपस्थित हुने आयोजकले जानकारी गराएको छ | बढ्दो विदेश पलायन युवा बेरोजगारलाई मध्य नजर गरि युवामा उधमको सोच विकास गर्ने उदेश्य साथै युवाहरुमा उधम प्रतिको भाब विकास गर्न , उधमशिल बन्दै सम्बृद्ध र शान्त नेपालको निर्माणका लागि कार्यक्रम गरिएको हो |
नेपाल किन गरिव छ ,उधम के हो ,स्वतन्त्र बजार ,ब्यवसायी नीति-नियम ,बैकिङ पोलेसी साथै अन्य विषयबस्तुमा ३ दिने कार्यशाला केन्द्रित हुने छ |

तपाईको प्रतिक्रिया