उर्लाबारी, भदौ ५/ मोरङको उर्लाबारीमा लागूऔषध सम्बन्धि सचेतनामुलक कार्यक्रमको आयोजना गरिने भएको छ । उर्लाबारी–५ स्थित उर्लाबारी उद्योग बाणिज्य संघको सभाहलमा बिहीबार युथ अफ उर्लाबारीको आयोजनामा उक्त कार्यक्रम हुने भएको अध्यक्ष रमन शाक्यले जानकारी दिए। युवा पुस्तामा बढ्दो लागु औषधको प्रयोग र कालान्तरमा यसले पार्ने गम्भीर असरहरुलाई मध्यनजर गर्दै कार्यक्रम गर्न लागिएको अध्यक्ष शाक्यले जानकारी गराएका छन् । उर्लाबारी नगरभरीका कलेजका विद्यार्थीहरुको सहभागितामा उक्त कार्यक्रम हुने जनाइएको छ । उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको उक्त सचेतनाममुलक कार्यक्रममा चेतना नेपालका प्रमुख प्रशिक्षक इन्द्र ओलिले सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण दिनेछन् । ईलाका प्रहरी कार्यालय उर्लाबारी, जीवन बचाउ उपचार केन्द्र, उर्लाबारी लगायतका प्रतिनिधिले पनि लागू औषधका कारण पर्ने समस्या र कानुनी कार्वाहीको बारेमा उपस्थित विद्यार्थीहरुलाई अवगत गराउने क्लबका उपाध्यक्ष प्रेम शर्माले बताए । उर्लाबारीमा रहेर समाज रुपान्तरणका निम्ति यहाँका युवाहरुको पहलमा विभिन्न सामाजिक कार्यहरू गर्ने उदेश्य सहित क्लबको स्थापन गरिएको सचिब सुरेन शर्माले बताए । उनका अनुसार पछिल्लो समय उर्लाबारीमा लागूऔषधका प्रयोगकर्ता बढ्दै गएको र त्यसमा पनि युवा जमातको संख्या अत्याधिक रहेकोले युवालाई केन्द्रित गरेर उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । कानुन व्यवसायीहरूको मानमर्दन गरेको र ...
ओलीले घुँडा नटेकेसम्म जनता सडकमै बस्छन् : झलनाथ खनाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको प्रतिगमन नसच्चिएसम्म आन्दोलन नरो...
मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव
माघ ७ गते सुरु भएको वाग्मती प्रदेशको प्रदेशसभा बैठक छोटो समय बसेर स्थगित भएको छ । मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध दर्त...
प्रधानमन्त्रीको पक्षमा साइबर सेना गठन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आएको फुटले प्रधानमन्त्री केपी ओली पक्षका कार्यकर्तालाई फाइदा नै फाइदा हुने भएको छ । स...
संसद विघटनबारे लिखित जवाफ पेश गर्ने सरकारको तयारी
राष्ट्रपतिको कार्यालयले संसद विघटन गर्ने निर्णयमा सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्ने तयारी गरेको छ । प्रधानन्यायाधीश...
इटहरीका मेयर तटस्थ : वडामा प्रचण्ड- नेपाल पक्ष बलीयो : निशानामा पार्टी कार्यालय
इटहरी / संसद बिघटन पछि फुटको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको बिवादको असर सुनसरीको इटहरीमा ...