मदन अधिकारी/ प्रकाशपुर वराहक्षेत्र नगरपालिका वडा नं. ९ श्रीलंका टप्पुमा स्थायि बसोबास गर्ने कृष्ण चन्द्रबंशीलाई कोशी नदिले बगाइ बेपत्ता बनाएको छ । मंगलबार करिव १ बजेको समयमा कोशीमा दाउरा झिक्ने क्रममा २६ वर्षिय कृष्ण चन्द्रबंशीलाई कोशीले बगाएको स्थानीय अर्जुन चन्द्रबंशीले बताए । उनको समाचार तयार पार्दा सम्म खोजी कार्य जारि भएपनी फेला पार्न सकिएको छैन । निजलाई कोशीले बगाएको ५ घण्टा वित्ता सम्म पनि सरकारी संयन्त्र नपुगेका कारण खोजी कार्यमा जटिलता भएको स्थानीय हरुले बताएका छन् । वर्षेनी कोशीमा दाउरा झिक्ने क्रममा मानिसहरुलाई कोशीले बगाउने गरेको छ ।

तपाईको प्रतिक्रिया