इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ११ बत्राहि टोलमा गत चैत्र ३ गते भएको आगलागीका कारण घरवार विहिन वन्न पुगेका ३६ परिवारले घर टहरा पाउदा हर्सित भएका छन ।

माल्टेसेर इन्टरनेशलनको सहयोगमा ग्रामिण स्वलम्वन विकास केन्द्रले गरेपछि अग्नी पडितहरु हर्सित वनेका हुन । चैत्र महिनाको सुरुवातमै हावाहुरी चलेकै समयमा सुनसरीको मधुवनमा वस्ती नै उजाड हुने गरी आगलागी भएको थियो ।

आगलागिबाट पिडित बनेका ५० परिवारलाई तत्कालिन समयमा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाले राहत सामाग्री उपलव्ध गराएका थिए । अग्नी पििडतहरुलाई तत्कालीन राहत देखि पुनर स्थापनाका लागि बराहक्षेत्र नगरपालिकाको समेत सहयोगमा ग्रामिण स्वलम्वन विकास केन्द्रको अगुवाईमा घर टहरा निर्माण कार्य गरिएको केन्द्रका दिपेन्द्र गौतमले वताए । उनले घर टहरा निर्माणमा स्थानीयको समेत सहयोग रहेको जानकारी दिए ।

घर टहरा निर्माणका लागि वनाइएको समितिका अध्यक्ष देवु सरदारले घर टहरा सहयोगीहरुले वनाइ दिए पनि घरमा ढोका र झ्याल नहुँदा समस्या भई रहेको गुनासो गरे । अग्नी पिडितहरुलाई तत्कालिन समयमा राहत व्यवस्थापन गर्ने देखि घर टहरा निर्माण कार्यमा समेत नगरपालिकाले सहयोग पुर्याएको बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनालले वताए । सुरुको समयमा अग्नी पिडितहरुलाई पुनर स्थापनाका लागि घरटहरा वनाउन जग्गा समस्या भएपनि पछि पहिलेकै ठाँउमा वसाउने व्यवस्था मिलाइएको समेत प्रमुख खनालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया