इटहरी ।  महंगी, कर वृद्धि र बलत्कारको घटना नियन्त्रको माग राख्दै सुनसरीको इटहरीमा युवाहरुले सांकेतिक विरोध जनाएका छन । इटहरी मुख्य चौक क्षेत्रमा युवाहरुले हातमा साङ्गलो बाधेर , विभिन्न माग राखिएका प्ले कार्ड सहित प्रर्दशन गरेका हुन । मौन जुलुल निकालेका युवाहरुले बलत्कारीकालाई कारवाही गर , मुल्य वृद्धि फिर्ता गर , जनताको ढाड सक्ने गरी लगाइएको कर खारेज गर जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए । सांकेतिक विरोध जनाउने क्रममा युवाहरुले करले जनतालाई पारेको प्रभाव दर्साउने चित्र सहितको प्ले कार्ड बोकेर कर वृद्धिको खिल्ली उठाउने कार्य समेत गरेका थिए । विरोधमा उत्रिएका युवाहरुले कर वृद्धि गरेपनि जनताका आधारभुत सुविधाका कामहरुमा खर्च नगरेको आरोप लगाए । कर बढाएर मुख्य मन्त्री र मन्त्रीहरुको लागि महगो गाडि किन्ने काम गर्नु हुदैन भने र समेत युवाहरुले खवरदारी गरे । करवृद्धि , महगी वृद्धिले जनताहरुलाई प्रत्यक्ष असर पारिरहेकाले विरोधमा उत्रनु परेको दिवस पोखरेल , पुर्ण राई र आशिष कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया