दशैं तिहारपछि चिनियाँ कम्पनीले चतरा–बराहक्षेत्रको पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्ने भएको छ ।
उक्त समयमा नै चतारा–बराहक्षेत्र बुटवल–पाल्पा, सुर्खेत–दैलेखमा रहेको खानीमा समेत अध्ययन  गर्ने भएको छ ।
बिभिन्न ठाउँमा रहेको पेट्रोलियम खानीको अन्वेषण गर्न चिनियाँ कम्पनीले पठाएको कार्ययोजनामा छलफल गरि सम्झौता गर्ने खानी विभागले तयारी गरेको जनाइएको छ ।
उक्त बिषयमा छलफल गरी खाका तयार गर्ने र खाका तयार गर्दा  चिनियाँ कम्पनी सहमत हुने बित्तिकै पेट्रोलियम अन्वेषणको काम अघि बढ्ने खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिएका छन् ।
चिनियाँ कम्पनीलाई सहज हुने गरि जग्गा प्राप्ति, कानुनी जटिलता, वातावरणीय प्रभाव र अन्वेषण गर्ने मोडालिटिको वारेमा छलफल गरिरहेको सापकोटाले जनाएका छन् ।

चिनियाँ कम्पनीले चतारा–बराहक्षेत्रको, सुर्खेत–दैलेख र बुटवल–पाल्पा  पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्ने र कुनै एक खानीमा ड्रिलिङ गर्ने खानी विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुखले बताएका छन् ।

चिनियाँ पक्षले काम सुरु गर्ने तयारी सहित दुई अर्ब १० करोड रुपैयाँ बजेटनै छुट्ट्याइसकेको छ ।
नेपाल सरकारले पनि पेट्रोलियम अन्वेषणको कामलाई उच्च प्राथामिकतामा राखेर अघि बढेकोले पेट्रोलियम अन्वेषणको काम सुरु हुनेमा विभाग विश्वस्त छ ।

तपाईको प्रतिक्रिया