विराटनगर, भदौ ५ , प्रदेश–१ मा सरकारले भोलि (बुधबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषद्को बैठकले बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले मुस्लिमहरूको विशेष पर्व बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको बताए ।

प्रदेश सरकारले स्थानीयस्तरमा विभिन्न जातजाति तथा समुदायको चाडपर्व विशेषमा सार्वजनिक बिदा दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया