काठमाडौँ । चर्चित नायिका तथा निर्देशक रेखा थापाको निर्देशित चलचित्र मालिकाको दोस्रो गीत सार्वजनिक गरिएको छ ।’सर सर हावा बहन्छ कता हो’ बोलको गीत सोमबार युटुब मार्फत सार्वजनिक गरिएको हो ।’हल्का मायाँ के माया ‘ बोलको गीत निकै हिट भए लगत्तै रेखाले नयाँ गीत सार्वजनिक गरेकी हुन् । आस्था राउतको स्वर रहेको उक्त गीतमा शब्द तथा संगीत सुरेश अधिकारीको रहेको छ ।

आस्था राउतको स्वर रहेको गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार रेखा थापा र कमला ओली  फिचरिङ छन् ।यसअघि मालिकाको पहिलो गीत हल्का माया के लाउने, गाढा लाउने हो सार्वजनिक भइसकेको छ । कार्तिक २१ गतेबाट प्रदशर्नमा आउने फिल्मलाई नायिका रेखा आफैले निर्देशन गरेकी हुन् । आफ्नो पहिलो फिल्म खेलिरहेकी कमला यो गीतमा एक खेलाडिको रुपमा देखाएकी छन् ।

खास गरी छोरी चेलीको आजको अवस्थालाई चित्रण गर्ने यो गीतले सबै प्रकारका असमानता, बिभेद र आक्रमण बिरुद्दको आवाज हुने अभिनेत्री तथा निर्देशक रेखा थापाले वताईन् । फिल्म बालविवाह न्यूनीकरणसम्बन्धी रहेको छ ।

चलचित्रको छायांकन जाजरकोटसहित काठमाडौं, बनेपा, बाँके लगायतका क्षेत्रमा गरिएको छ । शिवम अधिकारीको पटकथा रहेको चलचित्रमा नरबहादुर कार्कीको कथा रहेको छ । सरस्वती थापा र तारा थापा पनि चलचित्रका निर्माता हुन् ।‘रेखा फिल्म’को ब्यानरमा निर्माण भएको चलचित्रमा नरबहादुर कार्कीको लगानी छ।

 

 

 

तपाईको प्रतिक्रिया