ईटहरी/ नेपालि पप गायन विधामा आफ्नो छुट्टै गायन शैली प्रस्तुत दिदै युवापुस्ता माझ चर्चित बनेका उदयमान पप गायक हुन् नितेश जङ्ग कुवर । हिजो साझ ईटहरिको कुण्डलिनी लाइभ म्युजिक बारमा सयौ दर्शकको माझमा नितेशले आफ्नो बिशेष प्रस्तुति दिएका छन् । ‘कुण्डलिनी लाइभ म्युजिक बार’ले नितेशलाई एक बिशेष कार्यक्रमको आयोजना गर्दै प्रस्तुतिको लागि ल्याएको थियो । हेर्नुस् भिडियो

कुवर को प्राय सबै गित युबा पुस्तामा निकै लोकप्रिय छ । पछिल्लो समय सार्बजनिक ‘निस्टुरी मोरीले’ बोलको गीत निकै चर्चामा रहे संगै नितेश प्रतिको क्रेज झन् बढ्दो पाइन्छ भने युवापुस्तामा नितेश निकै लोकप्रिय छन् । देश विदेशमा नितेश अहिले धेरै चर्चामा छन् । ईटहरि र यसको आसपासमा पनि उनको निकै फ्यान छन् भन्ने महसुश गरेर कार्यक्रममा नितेशलाई बोलाइएको हो ।

नितेश कुण्डलिनिमा प्रस्तुत भए संगै आफ्नो लोकप्रिय गितहरु गाएर उपस्थित दर्शकहरुलाई भरपुर मनोरंजनका साथ नचाएका थिए।
साझ ५ बजेबाट सुरुभएको कार्यक्रममा स्तब्ध ब्यान्डको दमदार प्रस्तुति रहेको थियो, त्यसपछि नितेशले आफ्नो बिशेस प्रस्तुति राखेका थिए ।

बेलुकी झन्डै १० बजे सम्म भएको लाइभ शो मा रु ५०० र रु १००० को टिकट काटेर नितेशको प्रस्तुति हेर्न दर्शकहरुको बाक्लो उपस्थित थियो भने कतिपय टिकट नपाएर त्यसै फर्केका थिए । जुश तथा बियरको चुस्की लिदै नितेशको प्रस्तुतिमा उपस्थित युवायुवतीहरु नाचेका थिए । उक्त कार्यक्रम रातको समयमा भएपनि पारिवारिक वातावरणमा भब्य र सभ्य भएको थियो।

तपाईको प्रतिक्रिया