सन्तोष न्यौपाने

झापा । क्षेत्रीय औषधी बिभाग बिराटनगरको टोलीले झापाको बिर्तामोडमा रहेका औषधी पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकाँश मेडिकलले बिरामीलाई औषधि बिक्री गर्दा बिल नदिने गरेको, म्याद गुज्रएका औषधी बिक्री गर्ने गरेको, ओषधी खरिद गर्दाको कागजात नराख्ने पाइएको अनुगमन टोलीले जानकारी दियो ।
अनुगमनका क्रममा विर्तामोडको बसपार्कमा रहेको इच्छा फार्मेसीमा विभागले सिलबन्दी गरेको छ । सो फार्मेसी बिना दर्ता सञ्चालीत भएको पाइएपछि टोलीले सिलबन्दी गरेको हो ।
विभागकी कार्यालय प्रमुख आशा थापाको नेतृत्वमा आएको टोलीले विर्तामोडमा सञ्चालनमा रहेका आधा दर्जन निजी क्लिनीकहरुमा अनुगमन गरेको हो ।
विर्तामोडमा सञ्चालनमा रहेका प्रदिप फार्मेसी,बजरङग मेडिकल, सत्यम फार्मेसी,झापा मेडिको ,कस्तुरी मेडिकल रविन्द्र आयुर्वे्दिक लगायतमा अनुगमन गरेको अनुगमनमा खटिएका घरेलु तथा साना उद्योग कार्यलय भद्रपुर झापाका कार्यलय प्रमुख चन्द्र प्रसाद मिश्रले जानकारी दिए ।
त्यस्तै विर्तामोडमा सञ्चालनमा रहेको सि टी फर्माले अबैध औषधी बिक्री बितरण गरेको प्रहरीले भेटेपछि औषधि सहित प्रहरीले बिभागमा कारवाहीकोलागि पठाएको थियो । त्यस पश्चात बिभागको टोलीले शिल गर्ने बताएको छ ।
टोलीमा जनस्वास्थ्य , जिल्ला प्रशासन कार्यलय, प्रहरी र सञ्चारकर्मी सहितको टोलीले औषधी अनुगमन गरेको हो ।

तपाईको प्रतिक्रिया