सन्तोष न्योपाने
झापा । झापाको कनकाई नगरपालिकाको लापरबाहीका कारण आफू पीडित बनेको एक उद्योगीले बताएका छन् । सडक फराकिलो बनाउने क्रममा आफ्नो मिलको कमपाउण्ड रहेको ठाउँको माटो निकालेर सडकमा हालेका कारण आफ्नो मिलको पर्खाल भत्किएको कन्काई नगरपालिका १– दुर्गापुरका व्यवसायी रामआशिष महथालको गुनासो छ ।
सडक किनारमा उद्योगी महथाको मिलको कम्पाउण्ड वाल थियो । नगरपालिकाले बाटो बनाउने क्रममा कम्पाउण्ड भित्रको माटो निकालेर बाटोमा हालेको कारण आफ्नो पर्खाल लडेको उनले बताए । बिहिबार महथाले पत्रकार सम्मेलन गरी आफू नगरपालिकाको लापरबाहीका कारण पीडित बन्न पुगेको गुनासो गरेका छन् ।
अर्का छिमेकी शर्मिला संग्रौलाको पनि वाटो खन्ने क्रममा माटो निकालेपछि पर्खाल भासिएको छ । त्यस्तै नगरपालिकाले सडक निर्माण गर्ने क्रममा स्थानीय सुकदेव पौडेलको घरलाई समेत क्षति पुगेको छ ।
यता यस बिषयमा कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल आफूलाई असफल बनाउन नगरभित्रका केही व्यक्ति लागिपरेको बताउँछन् । नगरपालिकाले ५ महिना अघि सडकलाई फराकिलो बनाउँदा नाला खनिएको तर नगरपालिकाको कारणले पर्खाल नभत्कीएको उनको दावी छ ।

तपाईको प्रतिक्रिया