भोटराज राई
उदयपुर । कोदो हेपिएको बालीको रुपमा चिनिए पनि पहाडी भेगका लागि मुख्यबाली हो । सिंचाइ नभएका सुक्खा ठाउँ र भिरालो जग्गामा पनि फल्ने भएकाले पहाडी क्षेत्रका मुख्य दुईबाली मध्येको एक हो ।
चिँसाईको व्यवस्था नभएका अधिकांश पहाडी क्षेत्रमा पहिलो बाली मकैं र दोस्रो बाली कोदो रोपिन्छ । उदयपुरको पहाडी क्षेत्रमा यतिबेला कोदो रोप्ने चटारो छ । कृषकहरु विहान बेलुका कोदो रोप्न व्यस्त छन् ।
बारीको मकैं थन्क्याएपछिको खाली बारीमा जोतपोत गरी धमाधम कोदो रोपिदैछ । मकैबाली पछिको कस्सिएको माटोलाई जोतेर खुकुलो पारेर कोदो रोपिन्छ ।
कृषकले धानको वीउ जस्तै कोदोको व्याड राख्दछ र वीउ उतारेर बारीमा रोप्ने गर्दछन् । कोदो रोप्ने शैली कृषकको आ आप्mनै देखिन्छ । कोही रोप्दै पछि सर्छन् त कोही अगाडी बढ्छन् । कोदो रोप्नकै लागि बारीलाई खनीताछी गरी चटक्क पनि पार्दछन् ।
बेसीको दाँजोमा लेकमा केही ढिलो रोपिन्छ र ढिलै पाक्दछ । बेसीमा जेठ÷असारमा रोपिने कोदो लेकमा साउन यता भदौसम्म रोपिन्छ । यतिबेला रोपिएको कोदो मंसीरमा पाक्दछ ।
ढिडो र रोटी खानका लागि प्रयोग गर्ने कोदो जाँडरक्सी बनाउनका लागि पनि प्रयोग गर्ने गरेका पाईन्छ ।
त्यतिमात्र हैन, स्वास्थ्य र पौष्टिकको दृष्टिले कोदो लाभदायक छ । यो कुरो बुभ्mदै गएपछि कोदोको महत्व बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया