इलाम ०३ भदौं / गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक गोपाल पोख्रेललाई इलामको सञ्चारकर्मीले सच्चीन आग्रह गरेका छन् । निर्देशक पोख्रेलले आइतबार साँझ इलाममा स्थानीय सरकारले लगाएको करको बारेमा सञ्चारकर्मीसँग गरेको अन्तरक्रियामा करको विषयमा तथ्यहिन समाचार सप्रेषण भएकोले संघीयता धरापमा पर्न लागेको भनेपछि उनलाई सच्चीन आग्रह गरेका हुन ।

कार्यकारी निर्देशकलाई नागरिको ढाक सेक्ने कर लगाएर संघीयता धरापमा पार्ने सञ्चरकर्मी हो कि सरकार हो, भनेर नेपाल पत्रकार महासंघ इलामका संस्थापक सभापति सञ्चारकर्मी धर्म गौतमले प्रश्न गरेका थिए । उनले नागरिकको वास्तविक समस्यालाई उजागर गर्ने सञ्चारकर्मीलाई गतल आरोप नलगाउन सुझाउँदै, सच्चीन समेत आग्रह गरेका थिए ।

नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष कोकिला ढकालले नागरिकको आवाज बोल्ने सञ्चारकर्मीको समाचार सामगी्रलाई गलत नबुझ्न आग्रह गर्दै, स्थानीय सरकारलाई नागरिकाको पहुँच योग्य सुशासनमा जोड दिन आग्रह गरिन् । उनले नागरिकको आवालाई ध्यान दिएर संघीयताको राम्रो अभ्यास गर्नु समेत सुझाइन् ।

कार्यकारी निर्देशक पोख्रेलले करको विषयमा आधारहिन समाचार संप्रेषण नगर्न आग्रह गर्दै सकरात्मक सन्देश दिने समाचार नागरिकसम्म पु¥याएर सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिए । उनले नागरिकमा गलत सन्देश पुगेमा संघीयता धरापमा पर्ने बताउँदै संघीयता बचाउँन सबैको कर्तव्य भएको जोड दिए ।

अन्तक्रियामा सहभागी इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले नागरिकलाई राहत दिन लगाएको करले आहात दिएको भए सच्याउने बताए । उनले समय सुहाउँदो विज्ञ टोलीको सुझावको आधारमा करको दर निर्धारण गरेको बताउँदै, ऐन अनुसार कर, दस्तुर र सेवा बापत रकम लिने गरेको बताए ।

तपाईको प्रतिक्रिया