इटहरी/ आधुनिकता तिर ढल्केको हाम्रो बिकासोन्मुख समाजको चिनारी संगै आफ्नोपन पनि अवस्य जोडिएको छ । समय, मौषम अनि बाताबरण संगै मान्छेको परिवेश पनि फरक फरक पाइन्छ । सुहाउदो परिवेश संगै सुन्दर हुन सबैलाई रहर त् पक्कै हुन्छ त्यस माथि झन् समयको माग संगै सौन्दर्य प्रति बढ्दो आकर्षण पाउन सकिन्छ । यहि कुरालाई मध्यनजर गर्दै ब्युटी सप, पार्लर तथा मेकअप स्टुडियोहरु पनि प्रशस्त पाउन सकिन्छ । इटहरीमा निकै लामो समय देखि ब्युटिसियन पेशामा आबद्ध सौन्दर्यकर्मी हुन् अनु बराल र उनि संगै जोडिएको अर्को नाम हो इटहरी ब्युटी पार्लर एण्ड मेकअप स्टुडियो । विभिन्न ब्युटिसियन कोर्स संगै निरन्तर तालिम तथा कक्षा संचालन गराउदै आएकी बरालले इटहरीमै पहिलो पटक एक महिने बेहुली शृंगार तालिमलाइ एक बिशेस कार्यक्रमका बीच समापन गरेकी छिन ।

तालिममा सहभागी बनेका प्रतियोगीहरुले उक्त्त समापन कार्यक्रममा बेहुली शृंगार गरेका थिए । विभिन्न डान्स संगै रोचक बनेको कार्यक्रममा इटहरीमै पहिलो पटक एकै ठाउमा १९ जना बेहुली श्रिङ्गारिएको थियो । बेहुली शृंगार तर्फ जम्मा १९ प्रतियोगीहरु मध्य बाट सेकेन्ड रनरअप संजु मगर, फस्ट रनरअप अमृता श्रेष्ठ बनिन भने कामना ढकाल बिजेता घोषित भईन । बिजेताहरुले इटहरी ब्युटी पार्लर एण्ड मेकअप स्टुडियोको तर्फ़ बाट आकर्षक गिफ्ट ह्याम्पर पाएका थिए भने सबै सहभागी प्रतियोगीहरुलाई प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । इटहरी उपमहानगरपालिकाको उपप्रमुख लक्ष्मी गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा धेरै सौन्दर्यकर्मीहरुको उत्साहजनक उपस्थिति थियो । उपप्रमुख लक्ष्मी गौतमले महिला दिदीबहिनीहरुले सौन्दर्य संगै राम्रो कमाइ हुनेभएकाले पनि यो पेशा प्रति धेरैको लगाब हुन जरुरि भएको बताइन ।

तपाईको प्रतिक्रिया