मदन अधिकारी/ प्रकासपुर / वराहक्षेत्र नगरपालिकाले राजावास तारघाटमा ठेक्का नलगाउँदा दोहोरो नोक्सान हुन पुगेको छ । सो तरघाट ठेक्का नलाग्दा हाल सो स्थानबाट डुङ्गा सञ्चालन बन्द भएको छ । सो सेवा बन्द भएपस्चात एकातर्फ नगरपालिकाको आयश्रोतमा कमि त आएको छ नै, संगसंगै स्थानीयहरुलाई समेत आवागमनमा समस्या भएको छ । हुनत वर्खाको समयमा कोशी नदिको यात्रा आफैँमा जोखिमपूणै छ । तर पनि स्थानीयहरुलाई सिसैलीबाट चल्ने जल यातायातले केही रात दिएको थियो । वराहक्षेत्र नगरपालिकाको वडा नं. ६ का स्थानीयहरु श्रीलंका टीुिमा बस्ने र आफ्नो वडा तथा नगरपालिकाका काम गर्न चक्रघट्टी आउनुपर्ने भएकाले जल यातायात बन्द हुँदा स्थानीयहरु चतरामा रहेको कोशी पुलबाट आवतजावत गरिरहेका छन् । यसरी घुम्दा यात्रा खर्चिलो हुनुका साथै समय पनि निकै खर्च हुने स्थानीय प्रमिला कविरथ बताउँछिन् । त्यसका अलावा बर्खा याम सुरु भएसंगै सर्पले टोक्ने समस्या पनि अधिक हुन्छ । सर्पदंशको उपचारका लागि नेपालको इटहरीनै गन्तव्य भएकाले डुङ्गा संचालन नहुँदा निकै समस्या भएको स्थानीय वताउँछन् । त्यसका अलावा स्वास्थ्य ईकाइमा हुने सेवा बाहेकका उपचार गराउन समेत श्रीलंका टप्पुका स्थानीय चक्रघट्टी आउने भएकाले विरामी लिएर स्वास्थ्य चौकी आउन समेत समस्या भएके उनिहरुको बुझाइ छ । यस समस्यालाई समाधान गर्न नगरपालिकाले ठेक्का लगाएर यात्राको जोखिम घटाउन चाल्न सकिने पिधिहरुको प्रयोग गर्न सके स्थानीय निकायको राजश्व संकलन हुनुका साथै श्रीलंका टप्पुबासीले रात सकेत पाउने थिए ।

तपाईको प्रतिक्रिया