इटहरी । हिन्दु महिलाहरुको महान चार्ड तिजको अवसर पारेर सुनसरीको इटहरीमा मिसेज तिज २०७५ दोस्रो श्रृखंला हुने इटहरीमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
द विहानी डान्स एण्ड एन्टरटेनमेन्ट द्धरा अयोजना गर्न लागेकोे सो प्रतियोगिता यही भदौ ४ र ५ गते अडिसन हुने र ७ गते देखि १५ दिन सम्म सञ्चालन हुने द विहानी डान्सकी संचालिका प्रनिशा उदासले जानकारी दिइन ।

महिलाको व्यक्तित्व ,सिप , क्षमतालाई आधार प्रयोगितामा प्रथम द्धितिय र तृतिय छनौट गरिने आयोजक समितिले जानकारी दिएको छ । नेपाली हिन्दु महिलाहरुले मनाउने महान पर्व तिज भड्किलो वन्दै गएको तर्फ मध्यनजर गर्दै तिजलाई मर्यादित तरिकाले मनाउ प्रोत्साहन गर्न कार्यक्रम आयोजना गर्न लागेको संथापक सदस्य हेमन्त भट्टराईले जानकारी दिए । २० वर्ष माथिका विवाहीत महिलाहरु सहभागि हुने मिसेज इटहरी प्रतियोगितामा २० जना सहभागि गराई क्षमता सिप र प्रतिभा प्रस्फुटन गराउन सक्ने गरि तालिम सञ्चालन गरिने कार्यक्रम संयोजक विसप ताम्राकारले वताए । प्रयोगिताका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अघिल्लो वर्षकी मिसेज इटहरी रञ्जु सिग्देलले महिलाहरुमा निहित प्रतिभा बाहिर ल्याउने सन्देश दिन मिसेज तिजले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरिन ।

तपाईको प्रतिक्रिया