रबिन्द्र बराल

रंगेली । माेरङकाे दक्षिणी क्षेत्रका कृषक हरु यस बेला सन्पाट (पटुवा) खेति बाट चिन्तित बन्न थालेका छन । सन्पाट खेती बाट अाफुहरुकाे मेहनत अनुसार काे अाम्दानी भने नहुने गरेको कृषकहरु बताउँछन् ।रंगेली नगरपालिका ६ का कृषक राजेन्द्र मन्डल भन्छन अाफुले १० कठ्ठा मा याे बर्ष सन्पाट खेती गरेको र १० कठ्ठामा अाफुले ३० देखि ३५ हजार रुपैयाँ सम्म खर्च गरेता पनि अहिले अाएर बिगतमा प्रतिमन २४ सय रुपैया रहेकोमा यस बर्षभने १६ सय प्रतिमन रहेको छ । मजदुर हरुले समेत सन्पाट (पटुवा) काटन समेत नमान्ने गरेको र मजदुरलाई दैनिकी ज्याला ५ सय रुपैयाँ दिनुपर्ने र जन मजदुर हरु समेत नपाईने गरेको कृषक हरु ले बताए । कृषकले भने १० कठ्ठा मा सन्पाट छर्ने बेला देखि सन्पाट काटने बेला सम्म ३० हजार रुपैयाँ सम्म खर्च हुने गरेको कृषक हरु बताउँछन् । कसरी तयारी हुन्छ त सन्पाट ? सनपाट काटे पछि साता दिन सम्म सनपाटकाे सबै पात हरु झार्नुपर्ने हुन्छ । त्यपछि त्यस लाई सानाे सानाे मुठ्ठी पारेर बान्ने गरेपछि त्यस लाई पानी जम्मे पाेखरी,खाेला, खाेल्सि उक्त सनपाट लाई २५ दिन सम्म पानी मा कुहाएर त्यस लाई पानीको सहारामा सन्पाट निकाल्ने गरिन्छ । त्यस पछि सनपाटलाई साता दिन सम्म घाममा सुकाएर सनपाट तयारी पार्ने गरिन्छ । गत बर्ष यस क्षेत्रमा ५ हजार ४ सय ४२ हेक्टरमा सनपाट खेति भएको मा यस बर्ष भने १० प्रतिशत मात्रै जुट खेती मात्रै भएको साविक क्षेत्रीय कृषि निर्देशनालय बिराटनगरका डाक्टर राजेन्द्र उप्रेती ले बताए । उहाँका अनुसार २०४१ साल तिर माेरङ मा सबैभन्दा बडि जुट खेती हुने गरेको बताए । त्यस समयमा भारत बाट जन मजदुर हरु माेरङ काे विभिन्न भागमा अाएर तीन महिना घर भाडा गरेर उनिहरु सनपाट खेती गर्ने गर्थिए । र खेती सकेर पुनः भारत तिर जाने गरेको उप्रेतीले बताए ।

तपाईको प्रतिक्रिया