रबिन्द्र बराल 
 रंगेली  ।  माेरङकाे रंगेली मा रहेका मारवाडि महिला समुहले शनिबार रंगेली नगरपालिका काे सभाहलमा हिन्दु हरुकाे महान चाँड नजिकै जाँदा उनी हरुलेे पनि सामुहिक रुपमा तिज कार्यक्रम मनाएका छन । कार्यक्रम काे प्रमुख अतिथि रंगेली नगरपालिका का उप मेयर केशव खराल, बिष्ट अतिथि मारवाडि युवा मन्चका राट्रिय अध्यक्ष वजरंग अग्रवाल , अतिथि मारवाडि युवा मंन्चका महासचिव मनाेज अाग्रबाल,युवा मन्चका अध्यक्ष प्रकाश चिरनियाँ , शितल अग्रवाल, उर्मिला देवि मंन्डल रुवि अग्रवाल, लगायतकाे समेत उपस्थित रहेको थियोे । उनिहरुले प्रत्येक बर्षझै यस बर्षपनि हर्षउल्लासका साथ उनिहरुले मारवाडि गित तथ नेपाली गितहरुमा समेत नृत्य गरेर तिज मनाएका छ । कार्यक्रममा काे बिष्ट अतिथि राट्रिय अध्यक्ष वजरंग अग्रवाल लेे भने अहिले मारवाडि महिला ,बालबालिका हरुले घरमा अाफ्नाेे भाषा लाई प्रयोगमा नल्याएकाे र हिन्दी भाषा लाई बाेलीचालिकाे भाषा प्रयोगमा गरेको हुनाले अाफ्नाे माैलिक भाष समेत लाेप हुन सक्ने समेत बताए । मारवाडि समुदायले मनाउँदै अाएकाे सिन्धार साउने तिज शुरुभएकाे अवसरमा महिला हरुले संस्थागत रुपमा उक्त कार्यक्रम मनाएका छन । उनिहरुले गणेश भगवानकाे पुजाअर्चना गरि कार्यक्रम गरेका थिए । सामुहिक रुपमा दर खाएर सिन्धार तिज कार्यक्रम मनाएका हुन । मारवाडी महिला मन्चकी रंगेली कि अध्यक्ष पुष्पा अग्रवाल काे सभापति मा कार्यक्रममा सम्पन्न भएको थियोे ।

 

तपाईको प्रतिक्रिया