कृष्ण कला राई इटहरी, भाद्र २ / पब्लिक क्याम्पस प्राध्यापक सङ्घ ,जनता बहुमुखी क्याम्पस इकाई समितिको १०अौं अधिवेशन अाज सम्पन्न भएको छ। प्रदेश १, माननीय सासंद लिलम बस्नेतको प्रमुख अातिथ्यमा,व्यवस्थापन समिति अध्यक्ष विश्व प्रसाद रिजाल एवम् प्रदेश १, पब्लिक क्याम्पस सङ्घ सञ्योजक संजीव यादव को विशिष्ट अातिथ्यमा, जनता क्याम्पस प्राध्यापक संघ इकाईको १०अौं अधिवेशन सम्पन्न भयो। अधिवेशनको बन्द सत्रको उद्घाटन भइ विघटित कार्यसमितिको अध्यक्ष एवम् कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित भइ नयाँ कार्यसमितिको चयनका लागि निर्वाचन प्रकियामा गएको श्रोतले बताएका छन्।

तपाईको प्रतिक्रिया