भबिन कार्की

संखुवासभा । संखुवासभाको मकालु गाँउपालिकामा निर्माणाधीन राष्ट्रिय गौरबको आयोजना अरुण–३ जलबिद्युत् परियोजनाले १४ घर परिवारलाई सुरक्षित स्थानमा सार्ने भएको छ । निर्माणाधिन अरुण तेस्रोले गाँउपालिकाको ३ मा रहेको नयाँ बस्ती जोखिममा भएकाले सुरक्षित स्थानमा सारिन लागिएको सतलज कम्पनीले जनाएको छ ।
नयाँ बस्ती नजिकै ड्याम साइड निर्माणका लागि नदीको पानी डाइभर्ट गर्दा बस्तीमा जोखिम बढेकाले बस्ती सार्न लागिएको आयोजनाले जनाएको छ । निर्माण कार्यमा कुनै पनि बेला पहिरो जाने भत्किन सक्ने भएकाले मानबिय जोखिम बढ्ने भएकाले गाँउपालिका कार्यालय र स्थानियले सुरक्षित स्थानमा सारिनु पर्ने माग सतलज कम्पनीलाई पटक–पटक गराउदै आएका थिए । त्यस्तै सुरुङ निमार्ण गर्दा प्रयोग गरिने बिस्फोटक पदार्थले बस्तीलार्ई असर पर्ने भएपछि स्थानियले गाँउपालिका कार्यालय र सतलज कम्पनीमा निबेदन परेको थियो । नयाँ बस्तीका १४ घर परिवार मध्ये ५ घर परिवारलाई मुआब्जा दिएर स्थायी रुपमा ठाँउ सारिने गाँउपालिका कार्यालयले जनाएको छ । तर ९ घर परिवारलाई तत्कालका लागी चलन चल्ती अनुसारको दरमा आवास निमार्णमा लाग्ने खर्च उपलब्ध गराउने र निमार्ण कार्य सकिएपछि पुन सोही स्थानमा बस्ने पाउने मकालु गाँउपालिकाकी अध्यक्ष चेमेलि राईले बताइन् । नयाँ बस्तीका दलबहादुर राई ,मेघराज राई ,नरेस राई ,रुकमान राई र मेघनाथ राई को परिवार पूर्ण बिस्थावितमा परेको गाँउपालिकाकी अध्यक्ष राईको भनाइ छ ।

उनका अनुसार आयोजनाले निमार्ण कार्य गर्दा अन्य क्षेत्रमा पनि असर पुग्ने र मानबिय क्षति हुने सक्ने भए सुरक्षित स्थानमा सार्ने सतलज कम्पनी तयार रहेको जानकारी दिएकी छन् । निमार्णकार्यले असर पर्ने सम्भाबित क्षेत्रमा सतलज कम्पनिले ,लगानी बोर्ड , चिचिला गाँउपालिका गाँउपालिका र मकालु गाँउपालिका अध्यक्ष सहितको टोलिले साउन ३१ बाट अनुगमन गरिरहेको छ । यसअघि नै पावरहाउस निर्माण स्थल जाने अरुण तेस्रो प्रवेशमार्गबाट ५ घर विस्थापित भईसकेका छन् तर उनीहरुले अहिलेसम्म क्षतिपुर्ति पाएका छैनन् ।

तपाईको प्रतिक्रिया