याम माबोहाङ लिम्बू
इलाम । खेलकुद विकास समितिको आँगन सानो टुँडिखेलमा इलाम बजारको साविक तरकारी पसल सारिएपछि विवादमा परेको तरकारी पसल फेरि सार्नु परेको छ । खेलाडि र पसले बीचको विवाद समाधान गर्न विकल्पको खोजिमा रहेको नगरपालिकाले तरकारी बजार ग्रीन भ्यू होटेलको पछाडि पट्टि चियाबारी छेउको बारीमा पु¥याएकोे छ ।
बारीमा सारिएको तरकारी पसललाई उपे्रति तरकारी बजार नामाकरण गरिएको छ । करिब सयको संख्याका तरकारी पसले अहिले उप्रेति तरकारी बजारमा पुगेको छन् । नयाँ तरकारी बजारमा पसलेले अहिले अस्थाई टहरा बनाएर आफ्नो व्यवसाय सुरू गरेका छन् ।

इलाम बजारको साविकको तरकारी बजार भएको स्थानमा नगरपालिकाले व्यापारिक प्रयोजनको सिटी मार्ट भवन बनाउने तयारी गरेपछि सुनगाँभा चोकको सानो टुँडिखेलमा लाग्दै गरेको तरकारी बजार खेलाडिहरूको चर्को विरोधपछि सारिएको हो ।
नगरपालिका अन्र्तगतको नगर खेलकुद विकास समिति र खेलाडिहरूले उपयोग गर्दै आएको सानो टुडिँखेलमा अचानक तरकारी बजार लाग्न थालेपछि खेलाडिहरूले विरोध गरेका थिए । खेलाडिको विरोधपछि खेलकुद विकास समितिले तरकारी बजार सार्नु पर्ने कि आफूहरूलाई वैकल्पिक व्यवस्था मिलाउन आग्रह आग्रह समेत गरेको थियो ।
तरकारी बजारको स्थायी स्थान नभएकोले हटियामा आउँने तरकारी पसले र तरकारी किन्न जाने उपभोक्तालाई समस्या हुँने भएको छ । हप्ताको आइतबार र बिहिबार हटिया लाग्ने इलाम बजारमा हटियाको दिनमा स्थानीय गाउँलेले उत्पादन गरेको तरकारी बेच्न आउँने गरेका छन् ।

तपाईको प्रतिक्रिया