इटहरी । पुर्वका चर्चित लोक गायिकाद्धय अञ्जु गौतम र गंगा गौतमको तिज गितको एल्वमको बरिष्ठ गायिका लोचन भट्टराईले एक कार्यक्रमविच   गरेकी छन ।

हिन्दु महिलाको महान पर्व तिजलाई लक्षित गरी गायिका अञ्जु गौतमले ल्याएको नयाँ एल्वम श्रृंगार र गंगा गौतमको एल्वम झल्को को गायिका भटटराईले विमोचन गरेकी हुन । गायिका अञ्जुको नयाँ एल्वममा दुई र गंगाको नयाँ एल्वममा तिन बटा गित रहेको जनाइयो। एल्वम विमोचन कार्यक्रममा लोक गायक बालकृष्ण कार्की र साहित्यकार मनु मञ्जीलले एल्वमका विषयमा समिक्षा गरेका थिए ।

एल्वम विमोचन कार्यक्रममा गायिका अञ्जुले बर्ष दिनको तिजैमा मादलुको तालमा भन्ने गित गाएर सुनाई भने गंगाले माइतीको देश भन्ने गित गाएर सुनाइन । कार्यक्रममा गायिकाद्धयका गितहरुको म्युजिक भिडियो समेत सार्वजनिक गरियो । कार्यक्रममा लोकगायन क्षेत्रमा लामो समय देखि सक्रिय भएको भन्दै गायक सुरेश गन्र्धव , नृत्यगा निलम ढुंगाना र समाजसेवी राधिका कार्कीलाई सम्मान गरियो । पुर्वाञ्चल डिजिटर रेकडिगं स्टुडियोका अध्यक्ष रुद्र श्रेक्ष्ठको अध्यतामा भएको कार्यक्रममा पुर्वका विभिन्न स्थानका कला साहित्यका क्षेत्रमा आवद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया