कृष्ण कला राई इटहरी, भाद् १ , सामाजिक कार्यमा सकरारात्मक काम गर्दै आएको लायन्स क्लब अफ क्रियटिभ लेडी लायन्स , इटहरी द्वारा श्री शान्ति सृजना अाधारभुत विधालय, इटहरीमा शुक्रबार , वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। सामाजिक सेवामा बिगत केही बर्षदेखि परिचत गराउदै आएको यो सस्थाले अन्तर्राष्ट्रिय रूपमा नै ५ वटा कार्य क्षेत्र तोकिएको र सबै क्षेत्र हरूमा सक्रिय रुपमा आफ्ना कार्यहरु गर्दै आएको छ । भोकमरी , वातावरण , दृष्टि परिक्षण , मधुमेह र क्यान्सर जस्ता मुख्य क्षेत्र बाहेक समाजमा सकारात्मक प्रभाव पार्ने सामाजिक क्रियाकलापहरु गर्दै योगदान पुर्‍याउदै आइरहेको क्रियटिभ लेडीको नियमित कार्यक्रम अन्तर्गत शुक्रबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष जिवछ सरदारको प्रमुख अातिथ्यमा वृक्षारोपण कार्यक्रममा भएको थियो । लेडि लायन्स द्वारा विद्यालय परिसरमा विभिन्न थरिका ७० वटा बिरूवाहरू रोपिएको थिए।

तपाईको प्रतिक्रिया