नेपालका सुन्दर धार्मिक र पर्यटक स्थल मध्ये बराह क्षेत्र पनि एक उत्कृष्ट नमुनाको रुपमा पर्छ बराहक्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपालकै सर्वाधिक महत्वपूर्ण र प्रख्यात तीर्थस्थल हो । ब्रह्मपुराण वराहपुराण र स्कन्दपुराण लगायतका पुराणहरु र महाभारत महाकाव्यमा समेत उल्लेखित गरिएको तथा महिमा गाइएको यो स्थान नेपालको सबैभन्दा पुरानो मध्येको एक देवस्थल हो ।

वराहक्षेत्रमा वराह अवतार विष्णुको पूजाआज हुने गर्दछ । यौ स्थान सुनसरीको धरानदेखि करिब २५ कि.मी. उत्तर पश्चिममा अवस्थित छ ।वराहक्षेत्रको मूल मन्दिरको वर्तमान स्वरुप वि.सं. १९९१ सालको हो । वि.सं. १९९० सालको भूकम्पबाट यहाँको मन्दिर भत्किए पछि वि.सं. १९९१ सालमा अन्तिम पटक जुद्धशम्शेरले यो मन्दिरलाई पुनर्निर्माण गराएका थिए । वराहक्षेत्रमा लक्ष्मी, पाञ्चायन, गुरुवराह, सूर्यवराह, कोकावराह र नागेश्वर लगायतका ९ वटा मन्दिर र थुप्रै धर्मशाला छन् । त्यहाँ आजभन्दा करिब १५०० वर्ष अगाडि देखिका मूर्तिहरु पाइएका छन् ।

वराहक्षेत्रमा सालैभर मानिसहरुको आवतजावत र जमघट भइनै रहन्छ । तर पनि यहाँ ठूलाठूला मेलाहरु लाग्ने अवशर भने कार्तिक पूर्णिमा र मकर संक्रान्ति हुन् । कार्तिक पूर्णिमाका अवसरमा विशेषगरी भारत तिरबाट र मकरसंक्रान्तिका अवशरमा नेपालको पहाडी भागबाट मेला भने ज्यादा जसो मानिसहरु बराहक्षेत्रमा आउने गर्दछन् । यसबाहेक ऋषि पूर्णिमा, ब्यास पूर्णिमा, फागुपूर्णिमामा लगायत विभिन्न एकादशी तथा अन्य व्रत र उत्सवका दिनहरुमा पनि तीर्थयात्रीहरु प्रसस्त मात्रामा वराहक्षेत्र पूग्ने गर्दछन् । तसर्थ उक्त स्थानमा दिनहुजसो मेला लाग्ने जस्तो महशुस हुने गर्दछ ।बराहक्षेत्र पूर्वी नेपालको सबै भन्दा महत्वपूर्ण पर्यटकीय स्थल हो ।

baraha xetra2

धार्मिक पर्यटनका दृष्टिले यसको ख्याति टाढा टाढा सम्म फैलिएको छ । पूर्वी नेपालमा वराहक्षेत्रलाई केन्द्र बिन्दु बनाएर धार्मिक पर्यटनको विकास गर्न सकिन्छ । वराहक्षेत्रलाई छेउको कोशी नदी जलक्रिडा र नौकाशयर गर्न चाहने मानिसहरुका लागि निकै महत्वपूर्ण छ । बराहक्षेत्र वरपरका छौगा, धारा, पर्वत, वन जंगल तथा त्यहाबाट देखिने रमणीय दृश्यहरुले समेत यस स्थानको पर्यटनको विकासको संभावना लाई थप टेवा पुर्याएका छन् ।

baraha kshetra

तपाईको प्रतिक्रिया