सुनसरी, सप्तरी र उदयपुर क्षेत्रमा फैलिएर रहेको नेपालकै एक मात्र अर्ना संरक्षित क्षेत्र कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख श्याम कुमार साहसँग  मदन अधिकारीले गरेको कुराकानीको केही अंश :

१. यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन आरक्षले कस्तो पहल गरिरहेको छ ?
पक्कै पनि आरक्षक्षेत्रलाई पर्यटकको गन्तव्य स्थलकै रुपमा विकास गर्नुपर्दछ । यो आरक्ष क्षेत्र विशेष गरि अर्ना संरक्षित क्षेत्रको रुपमा परिचित भएपनी त्यसका अलवा विभिन्न जिवजन्तुहरु र चरा प्रजातीहरु समेतको संरक्षित स्थल हो । यस आरक्षमा साइवेरिया लगाएत विश्वका विभिन्न मुलुकहरुवाट चराहरु आउने गर्दछन् । त्यसका लगावा हात्ती, माछा प्रजातीहरु समेत यहाँ संरक्षित छन् । त्यसैले यि आरक्षमा रहेका वन्यजन्तुहरुलाई संरक्षित गर्न हामी प्रतिवद्ध छौँ । त्यसका लागि प्रचार प्रसार हाम्रो अर्को विकल्प हो । आरक्षमा भएको वस्तुस्थितीलाई विभिन्न माध्यमवाट प्रचार प्रसार गर्ने कुरामा समेत हामी प्रतिवद्ध छौँ । यस क्षेत्रलाई पर्यटकीय क्षेत्रमा विकसित गराउन स्थानीय सरकार सँगको निरन्तर समन्वय समेत आवश्यक पर्दछ र यस क्षेत्र पर्यटकीय क्षेत्र हुँदा स्थानीय वासिन्दाहरु, स्थानीय निकायहरु प्रत्यक्ष लाभान्वित हुने भएकाले आरक्ष मात्र नभएर सबै सरोकारवालाहरुले सहयोग गर्नु पनि नितान्त आवश्यक देखिन्छ ।

२. आरक्षले आफ्नो क्षेत्र विस्तार गर्ने हल्ला कतिको सार्थक हो ? राजाबासको वस्ती उठाउने भन्ने कुरा वेलावेलामा चर्चामा आउने गरेको छ । वास्तविकता के हो ?
बजारमा हल्ला चलेजस्तो हैन । हामीले आरक्ष क्षेत्र विस्तारका लागि अनुगमन गरेर प्रस्ताव पेश गरेका हौँ । तर सम्वन्धित निकायवाट त्यस प्रस्ताव माथी छलफल गरेर आधिकारीकता दिइएको छैन । यदी प्रस्ताव पास भएर आएपनी तपाइले भने जस्तो वस्ती शक्ति लगाएर उठाउने भन्ने कुरा हैन । त्यसरी क्षेत्र विस्तार हुँदा राजाबास मात्र हैन चतरा सम्मनै विस्तार हुन्छ । हामीले विस्तार गर्दा पनी उनिहरुलाई मुअब्जा दिएर स्थानान्तरण गर्ने हो । तर निकै अगाडी प्रस्ताव पेस गरिएको हो । त्यसमा फलफल भएर परित भएको अवस्था छैन । यदी क्याविनेट काट सो प्रस्ताव पास भएपनी स्थानीय सरकार, प्रदेश सरकार सँग वृहत छलफल तथा सल्लाह लिएर व्यवहारीक पाटोलाई समेत मध्यनजर गर्दै कार्यक्रम अघी बढाइन्छ । आरक्षले मात्र निर्णय गरेर विस्तार गर्ने होइन ।

३. आरक्षमा भारतीय पक्षले छाडा पशुको संख्यामा वृद्धि भएर जंगली जनावारलाई खानै नपुग्ने भएपछी आरक्षले क्षेत्र विस्तारको कदम चालेको भनिन्छ नी ?
तपाइले भनेजस्तो छाडा पशु भारतीय पक्षका चाहीँ हैनन् । ति पशुहरु स्थानीयहरुको हुन् । आरक्षमा हजारौंको संख्यामा  घरपालुवा पशु छन् । त्यसलाई लिलामी गरेर विक्री गर्ने योजना बनाइ रहेकाछौँ । अर्को तर्फ जंगली जनावारलाइनै खाद्यान्न समस्याकै कारण क्षेत्र विस्तार गर्ने भन्ने चाहीँ हैन । कतिपय अवस्थामा यो कुरा गलत पनि हैन । तर आरक्ष क्षेत्र निकै साँघुुरो हुँदा वस्ती अतिक्रमण हुने, जंगली जनावारहरु विषको शिकार हुने जस्ता समस्याहरु छन् । खास गरि आरक्षलाई क्षेत्रफल न्युन भएकै हो । जसले गर्दा क्षेत्र वृद्धि गर्नु आवश्यक छ । त्यसका लागि कदम चालिए पनी ठो निष्कर्षमा चाही पुगेको छैन ।

४. श्रीलंका टापुवासीले खनजोत गरिरहेको जग्गामा आरक्षले नेपाली सेना प्रयोग गरेर खनजोत गर्न दिएन भन्ने हल्ला छनी ?
हामीले पहिले देखिनै श्रीलंका टप्पुमा वसोवास गरिरहेका र खानजोत गरिरहेका जग्गामा बल प्रयोग गरेका छैनौँ । कतिपय सो क्षेत्रमा वसोवास गर्ने स्थानीयहरुले आरक्षको जग्गा अतिक्रमण गरेर वाली लगाउने गरेका छन् । कतिपयले पुराना मानिसहरु वराइसरी गएपछी उनिहरुको जग्गामा समेत अतिक्रमण गरेर खनजोत गरिरहेको अवस्था छ ।त्यसलाइ चाहीँ हामीले रोक लगाएका हौँ । जसले अतिक्रमण गर्यो त्यसमा रोक लगाइयो तर पुरानो खनजोत गरिएको जग्गामा बल प्रयोग गरिएको, रोक लगाइएको भन्ने कुरा गलत हो ।

५. अन्त्यमा श्रीलंका टप्पुमा बसोबास गरिरहनु भएकाहरुलाई हाम्रो मिडिया मार्फत के भन्न चहानु हुन्छ ?
कतिपय सो क्षेत्रमा बसोबास गर्नेहरुको कोशी पीडित हुनुहुन्छ, कतिपय भूमीहिन त कती गैर सुकुम्वासी समेत मिसिएको अवस्था छ ।  तयसैपनी कोशीको किनारमा रहेको सो बसोबास निकै जोखिमपूर्ण रहेको छ । अर्को व्यवस्था नभए सम्मका लागि उहाँहरु जहाँ जसरी वस्दै आउनु भएको छ । त्यसैगरी, आफुले चर्चेको वाहेक जग्गा अतिक्रमण नगरी, जिवीकोपार्जनका लागि सिमित चौपायाहरु पालेर वस्न  अनुरोध गर्दछु  । सो क्षेत्रमा स्थानीयहरुले अरु मानिसका चौपायहरु जिम्मा लिने प्रवृत्ती रहेको छ । त्यसो नगर्न समेत अनुरोध गर्छु । साथै जंगली जनावारलाई आक्रमण गर्ने, शिकार गर्ने कुराहरु दण्डनीय हुन् । त्यस्ता गतिविधीहरु नगर्न समेत आग्रह छ ।

६. आफ्नो अमुल्य समय दिनु भएकोमा यहाँलाई धन्यवाद् ।
आरक्षका कुराहरु समाज ल्याइदिन तपाइको मिडियाले खेलेको भूमिकालाइ पनी धन्यवाद् ।
प्रस्तुती : मदन अधिकारी

तपाईको प्रतिक्रिया