कृष्ण जुनेली,इटहरी । कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्कने जगंली हात्तीले नौ वर्ष यता १३ जनाको ज्यान लिइ सकेको छ ।

अर्ना संरक्षणका लागि स्थापना गरिएको आरक्ष भएपनि फिरन्ते रुपमा आउने जगंली हात्तीले २०६६ साल यता देखि मध्यवर्ती क्षेत्रका १३ जनाको ज्यान लिइको हो । आरक्ष आसपासको उदयपुर,सुनसरी र सप्तरी जिल्लाको मध्यवर्ती क्षेत्रका १३ जनाको ज्यान लिएको आरक्ष प्रशासनसंग तथ्यांक रहेको छ ।

मध्यवर्ती क्षेत्र भन्दा टाढा पनि आरक्षबाट निस्कने जंगली हात्तीले मानविय तथा भौतिक र वालीनालीमा क्षति पुरयाउदै आएको छ । दुई दिन अघि पनि आरक्ष तर्फबाट निस्केको जंगली हात्तीले आक्रमणमा परि उदयपुरको वेलका नगरपालिका ३ खैरेनीका रामकुमार सार्कीले ज्यान गुमाए । आरक्ष क्षेत्रको उदयपुर तर्फ ४ बटाका समुहमा साथै सुनसरी तर्फ दुई वटा जंगली हात्ती रहेका छन । जंगली हात्तीहरु आरक्षमा रहेका पोथीहरुसंग संर्षगका लागि आउने गरेको र अन्य समयमा पनि फिरन्ते रुपमा आएर धनजनको क्षति पुरयाउने गरेको स्थानियहरु व्ताउछन । जंगती हात्तीले बालीनाली नोक्सानी गर्ने देखि मानिसहरुको ज्यान लिने गरेको स्थानीयहरु वताउछन । आरक्ष क्षेत्रमा आउने जंगली हात्ती दिउँसोको समयमा आरक्षकै जंगल क्षेत्रमा वस्ने र रातको समयमा बालीनाली नोक्सान गर्ने गरेको सुनसरीका रामु यादव वताउछन । त्यसै गरी जंगली हात्तीले मानिसहरुको ज्यान लिएको सुनसरीकै महेन्द्र यादव सुनाउछन ।

आरक्षको तथ्याँक अनुसार २०६६साल यता देखि जंगली हात्तीको आक्रमणमा परि मध्यवर्ती क्षेत्रमा सप्तरीका ६, सुनसरीका ६ र उदयपुरका एक जनाले ज्यान गुमाई सकेका छन । त्यसको अलावा जंगली हात्तीले मध्यवर्ती क्षेत्र बाहेकको आरक्ष नजिकका क्षेत्रमा समेत मानविय तथा भौतिक र वालीनालीमा क्षति पुर्याउदै आएको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निदेशिका २०६९ अनुसार संरक्षित जंगली जनावरका कारण मानिसले ज्यान गुमाए दस लाख क्षति पुर्ति पाउने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया