मनोज विष्ट / भरौल,  सुनसरी बराहक्षेत्र नगरपालिका वाड नम्बर ५ का ओम प्रकाश बानिया ले १ नम्बर प्रदेस को धार्मिक प्रवधन का लागि २०७५ बैशाख १९ बाट गर्नु भएको नेपाल यात्रामा ६० औ जिल्ला पूरा गरेका छन। बुधबार  ६० औ जिल्ला को रुपमा बर्दिया जिल्ला प्रस्थान गरेका थीए। २७ बर्ष अघी बराहक्षेत्र रामझोडा मा जन्मिएका बानिया साढे ३बर्ष वैदेशिक रोजगार का लागि कतार गएका थीए। त्यहा रहदा आफ्नो जन्मभुमी का लागि केही गर्ने सोचका साथ बानिया नेपाल फर्किएका थीए।बिदेस बाट जोहो गरेर ल्याएको दुईलाख १५ हजार रकम ले उनी नेपाल यात्रा मा निकलिएका थीए। सुरुमा विश्व साइकल यात्रा का लागि निक्लने सोचका साथ पर्यटन मन्त्रालय पुगेका बानियालाइ पर्यटन मन्त्री खगराज अधिकारी ले सुरुमा नेपाल भ्रमण गरेर मात्र भने पछि उनी नेपाल साइकल यात्रा मा निक्लिएका थीए। नगरपालिका ले साइकल उपलब्ध गराएपछी उनी बैशाख १९ गते बराहक्षेत्र नगरपालिका बाट नेपाल साइकल यात्रा को लागि हिदेका थीए। उनलाइ हरेक जिल्ला मा अहिले सम्मानसत्कार गरिरहेको दृस्य सामाजिक संजाल ला छाइरहदा बानिया ले समग्र बराहक्षेत्र कै नाम राख्न पाउँदा खुसी लागेको बताउछन् । उनलाइ बिभीन सहयोगी सस्था अनि महानुभाब हरुले सहयोग गर्नु भएको सहयोग रकम स्पष्ट रूपमा सामाजिक संजाल फेसबुक मा उल्लेख् गर्दै उक्त रकम बराहक्षेत्र नगर भित्र आफ्नो नेतृत्व मा बाल आश्रम निर्माण मा खर्च गर्ने सोच बनाएका छ्न। विश्व साइकल यात्री पुष्कर साह बाट प्रेरणा पाएका बानिया ले अन्तिम जिल्ला को रुपमा काठमाडौं मा असोज १७ गते सम्म ७७ ओटै जिल्ला परिक्रमा गरेर धुर्मुस सुन्तली फाउन्डेसन का अगुवा सिताराम कटेल को उपस्थित मा नेपाल यात्रा समाप्त गर्नेछ्न । दसै तिहार लगतै विश्व साइकल यात्रा मा निस्कने सोच बनाएका बानिया लाई घरपरिवार को राम्रो साथ रहेको बताउछ्न।  सम्वाद्दाता सङ्ग को टेलिफोन बार्ता मा बर्दिया बाट कुराकानी गरेका बानियालाई तपाईं ले हरेक जिल्ला घुम्नु भएको प्रमाण के छ? भन्दा उहाले हरेक जिल्ला को सरकारि निकाय बाट आफुले पुगेको प्रमाण सार्बजनिक गर्ने गरेको बताउनु भयो। यात्रा सकिए पछि बानिया नेपाल को प्रदेसिक बिभाजन पछी ७७ जिल्ला घुम्ने पहीलो नेपाली हुनुहुने छ। यो कृतिमान ले समग्र बराहक्षेत्र अनि नेपाल को नाम उच्च रहने छ।

तपाईको प्रतिक्रिया