इटहरी । पानीको सतह र वहाव मापन गर्ने संयन्त्र चुस्त र दुरुस्त हुन नसक्दा सप्तकोशी आसपासका वस्तीहरुमा वर्षायाम लागेसंगै त्रास र चिन्ता वढ्ने गरेको छ ।

कोशीले पटकपटक डुवान तथा कटान गर्दै आएको कारण पनि पानीको मापनको विषयमा जानकारी नपाउदा कोशी आसपासका वस्तीका मानिसहरु अ

न्योलमा परेर चिन्तीत वन्ने गरेका हुन ।

वर्षायाम लागेसंगै सप्तकोशीमा पानीको सतह र वहावमा उतार चढाव आउने गरेको छ । कोशीमा पानीको सतह र वहाव कस्तो छ भन्ने कुरा वर्षायाममा चासो र चिन्ताको विषय वन्ने गरेको छ । बराहक्षेत्र र कोशी ब्यारेजमा भारतीय पक्षको नियन्त्रणमा रहेको मापन केन्द्रका आधारमा पानीको अवस्थाका विषयमा जानकारी हासिल गर्नु परिरहेको छ ।

भारतिय पक्षले प्रयोग गर्दै आएको मापन केन्द्रबाट वहावको अवस्था मात्र थाहा पाउने गरिएको छ । त्यसै गरी नेपाली पक्षले समेत बराहक्षेत्रमा पानीको सतह नाप्ने उपकरण राखेको थियो तर सो क्षेत्रमा कोशीमा पुल वनेपछि राडर सेन्सर सिस्टम अर्थात पानीको वहाव नाप्ने उपकरण राख्यो । सो उपकरणले देखाउने नतिजा सहज रुपमा सर्वसाधारणलाई सुचना प्रवाह गर्न सकियोस भनेर गृहमन्त्रालय जिल्ला प्रशासन कार्यालयहरु सुनसरी , सप्तरी र उदयपुर तथा प्रकासपुर प्रहरी चौकीमा समेत देखिने डिजिटल डिस्प्ले राखिएको थियो । तर अहिले गृहमन्त्रालय बाहेक कोशीको अवस्थाको विषयमा नेपाली पक्षले राखेको उपकरणको जानकारी कहँी पनि उपलव्ध हुदैनन ।

डिजिटल डिस्प्लेका आधारमा बराहक्षेत्रमा मापन भएको पानीको

अवस्था जानकारी पाउने गरी जिल्ला प्रशासन कार्यालय र प्रकासपुर प्रहरी चौकीमा नेपाल रेड्रक्रस सोसाइटीले जडान गरेको डिस्प्ले विग्रएर प्रयोग विहिन वनेको छ । पानीको अवस्थाका विषयमा जनाउ देखाउने डिजिटल डिस्प्ले विग्रदा सर्वसाधारणहरु सुचनाबाट बञ्जीत वन्न पुगेका छन । कोशीको पानीको अवस्था वुझ्नका लागि कोशी क्षेत्रमै पुग्नु पर्ने अवस्था आएको रेड्क्रस सोसाइटी प्रकासपुर उपशाखाका अध्यक्ष रविन घिमीरे वताउछन । उनी सुचनाको पहुँच सर्वसाधारणसंग सहज रुपमा नहुँदा समस्या हुने गरेको जानकारी गराउछन । कहिले कहाँ आधिकारीक जानकारीका आधारमा हल्लाका भरमा मानिसहरुमा त्रास फैलने गरेको छ । यसै विच बराहक्षेत्रमा रहेको मापन केन्द्रमा पाँच वर्ष यता देखिको पानीको मापन उच्च रेकर्ड भएको समेत रेड्कसकर्मी घिमीरेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया