उदयपुर । उदयपुरमा जंगली हात्तिको आक्रमणबाट एक युवाको बुधबार मृत्यु भएको छ । बेलका नगरपालिका ३ खैरेनी कोशीटप्पुको ३५ वर्षीय रामकुमार सार्कीको मृत्यु भएका ईलाका प्रहरी कार्यालय रामपुरको प्रहरी निरिक्षक नविन सिंहले बताए ।
आफ्नै घरमा सुतिरहेको बेला ४÷५ वटाको हात्ति समुहले सार्कीको घरसमेत भत्काई सार्कीलाई मारेको थियो । उनलाई घरबाट घिसार्दै करिब ५० मिटर पर पु¥याई मारेको गाउँलेहरुले बताए ।
शारिरीक रुपमा अशक्त रहेका सार्की वषौदेखि घरमा एक्लै रहदै आएका थिए । हात खुट्टा राम्ररी नचल्ने उनी हात्तिको आक्रमणमा भाग्न नसकेकाले पनि ज्यान गएको हो ।
उक्त ठाउँका बासिन्दाहरु बर्षेनी जंगली हात्तिको आक्रमणमा पर्ने र बालीनालीको क्षती व्यहोर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया