इटहरी । व्यवसायका आधारमा कर लिने व्यवस्था मिलाउन माग राख्दै उद्योग बाणिज्य संघ इटहरीले उपमहानगरपालिकालाई ज्ञापन पत्र वुझाएको छ ।
उपमहानगरपालिकाले गत असार ३२ गते पारित गरेको आर्थिक विधेयक २०७५ अनुसार कर संकलन गर्दा उघोग बाणिज्य संघ इटहरीको सुझाव अनुसार वृद्धि गरिएको भन्ने गुनासो आएपछि उवा संघ इटहरीले व्यवसायको आधारमा कर लगाउन माग राख्दै ज्ञापन पत्र वुझएको हो ।
व्यवसायको प्रकृति नहेरी एकै प्रकारले कर लिदा साना व्यवसायिहरु मारमा परेको गुनासो आइरहेको समयमा उवा संघ इटहरीले साना व्यवसायीहरुलाई थोरै र ठुला व्यवसायीहरुहरुलाई व्यवसायका आधारमा कर निधारण गर्न ज्ञापन पत्रमा सुझाव दिइएको छ ।

आर्थिक विधेयक मा एकै किसिमको व्यवसायिक कर लगाइएकोमा संघको गम्भिर ध्यानाकरण भएको जनाउदै कर निर्धारणलाई पुनरावलोकन गर्न सुझाव दिक्ष्एको छ । ज्ञापन पत्र संघका कार्यवाहक अध्यक्ष शैलेश विष्टको नेतृत्वमा गएको व्यवसायीहरुको टोलीले उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीलाई वुझाएका हुन । आर्थिक विद्येयक पारित भएपछि देखि इटहरीमा व्यवसाय गर्दै आएका साना व्यवसायीहरुले करका कारण आफुहरु मारमा परेको गुनासो गर्दै आएका थिए ।  

तपाईको प्रतिक्रिया