विराटनगर, २९ साउन । पेट्रोलियम ढुवानी मजदुरहरूले मंगलबारदेखि पेट्रोलियमको ढुवानी अनिश्चित कालका लागि बन्दको आह्वान गरेका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था पेट्रालियम मजदुर संघ र तत्कालीन एमाले समर्थित स्वतन्त्र मजदुर संगठनको संयुक्त आह्वानमा ढुवानी बन्द गरिएको हो ।

दुवै संगठनको नयाँ मापदण्ड अनुसारको तलब, भत्ता वृद्धिका साथै टयांकरमा लकिङ सिस्टम लागू भएपछि देनिक भत्ता वृद्धि गरिनु पर्ने माग राख्दै ढुवानी बन्दको आह्वान गरेका हुन् ।

नेपाल आयल निगमले टयांकरमा लकिङ सिस्टम लागू गरेपछि आन्दोलित भएका ढुवानी मजदुरहरू ढुवानी बन्द गर्ने निर्णयमा पुगेका हुन् ।

उनीहरूले आफ्नो सुविधा बढाउन पेट्रालियम ढुवानी व्यवसायी संघलाई पटक पटक ज्ञापनपत्र दिंदै आएका थिए । माग पूरा नभएपछि मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल आयल निगम विराटनगरका प्रमुख दिनेश यादवसँग सो विषयमा जानकारी लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

सो समस्या ढुवानी व्यवसायीसँग सम्बन्धित भएकाले उनीहरूले मिलाउनु पर्ने हो । तर ढुवानी व्यवसायीले समस्या मिलाउनतर्फ पहल नगर्दा मजदुरहरू ढुवानी बन्द गर्ने अवस्थामा पुगेका हुन् ।

पेट्रोलियम डिलर्स एसोसिएशन कोशीका वरिष्ठ उपाध्यक्ष अरविन्द शर्मा स

पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौलासँग सम्पर्क गर्न खोज्दा उनीसँग पनि सम्पर्क हुन सकेन । सरकारले अत्यावश्यक वस्तु आपूर्तिमा अवरोध हुने कुनैपनि किसिमको कार्यक्रम गर्न रोक लगाएपनि पेट्रोलियम ढुवानी मजदुरले गरेको सो आह्वानको विरुद्धमा स्थानीय प्रशासनले कुनै कदम चालेको छैन ।

तपाईको प्रतिक्रिया