इटहरी ,ड्रग्स फ्री इटहरी अभियान र पशुपति इंगलिस वोर्डिंग स्कुलको संयुक्त आयोजनामा कक्षा ९ र १० का १२१ जना विधार्थीलाई लागु दुर्व्यसनी विरुद्वको उत्पेरणा नामक १ दिने तालिम प्रदान गरिएको छ|
सोमबार प्याब्सन सुनसरीको सभाहलमा सम्पन्न भएको उक्त तालिमलाई सम्राट थापा ,पुजा कोइराला र गायत्री कार्कीले सहजीकरण गरेका हुन् भने “लागु दुर्व्यसनी,सामजिक संजालको उचित प्रयोग ,सकारात्मक उत्पेरणा र सामजिक उत्तरदायीत्व सम्बन्धि तालिम प्रदान गरिएको कार्यक्रम संयोजक गायत्री कार्कीले बताईन |
त्यस्तै तालिममा सहजकर्ताको रुपमा रहेकी पुजा कोइरालाका अनुसार किशोर अबस्थाका विधार्थी कुलत ,सामजिक संजालको नकारात्मक जालो र सानो सानो कुरा बाट सामज प्रतिको जिम्मेवारी भूल्ने भएका कारण यस्तो कार्यक्रम अयोजना गरिएको जानकारी दिएकि छिन् ्|
कितावी ज्ञान मात्रैले विधार्थीको भविष्यमा आमुल परिवर्तन ल्याउन नसक्ने कारण पशुपति वोर्डिंगले यस्ता कार्यक्रममा समय अनुकूलमा आयोजना गर्दै आएको र यस्तो कार्यक्रमले विधार्थीमा सकारात्मक उर्जा आउने साथै सस्थाको जिम्मेवारी समेत रहेको र पशुपति इंगलिस वोर्डिंगका प्रिन्सिपल सुमित थापाले जिकिर गरेका छन ्र
प्याब्सन सुनसरीका अध्यक्ष समेत रहेका थापा विभिन्न सामाजिक कार्यमा साथै जिल्लाकै निजि विधालयका विधार्थीको व्यक्तित्व विकासका लागि अग्रसर रहको पाइन्छ ्र

तपाईको प्रतिक्रिया