इटहरी । सांस्कृतिक भवनमा रहेको पुस्तकालय हटाउन लागेको भनेर आलोचना खेपेको इटहरी उपमहानगरपालिकाले पुस्तकालयलाई पहिलेकै भवनमा व्यवस्थापन गर्दै ई लाइबेरी बनाउने कार्य समेत थालेको छ ।
उपमहानगरपालिकाले पुस्तकालयलाई व्यवस्थित गर्दै ई लाइबेरी समेत सञ्चालनमा ल्याउने गरी व्यवस्थापन कार्य सुरु गरेको हो । सांस्कृतिक भवनमा रहेको पुस्तकालय व्यवस्थित वनाउने भन्दै उपमहानगरपालिकाले एक प्रति धेरै रहेका पुस्तकह? सामुदायिक विद्यालयह?लाई हस्तान्तरण गर्न थालेपछि त्यसै विरोध भएको थियो । सामुदायिक विद्यालयह?लाई पुस्तक वितरण गर्न थालेपछि इटहरी क्षेत्रका सर्जक , साहित्यकार तथा नागरिक समाजले समेत विरोध गर्दै पुस्तकालय हटाउन नहुने भन्दै ज्ञापन पत्र समेत वुझाएको थियो । पुस्तकालयका हटाउनु नहुने भनेर चौतर्फी ?पमा विरोध भई रहेको समयमा उपमहानगरपालिकाकी उप प्रमुख लक्ष्मी गौतमले हटाउन हैन व्यवस्थित गर्न लागिएको वताउदै आएकी थिइन । सोही अनुरुप अहिले उपमहानगरपालिकाले साँस्कृतिक भवनमा नै पुस्तकालयलाई व्यवस्थित वनाउने कार्य आरम्भ गरेको छ । त्यसै गरी ई लाइबेरीका लागि समेत काम शुरु गरिएको उप प्रमुख गौतमले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया