हेटौँडा,२८ श्रावण । मकवानपुर उद्योग वाणिज्य संघले हिजो ग्राहकले सामन किन्न पाउने समयसम्म मोटरसाईकल रोक्न पाउने सूचना जारी गरेपछि आज हेटौँडाको स्कुल रोडमा ग्राहकद्वारा रोकेर राखेको मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । ब्यवसायी संघले उपभोक्ताहरुले मोटरसाईकल पार्किङ गर्त पाउने सूचना जारी गरेपछि नो पार्किङ क्षेत्रमा रोकिएको मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चार दिनको बन्दपछि हिजो मात्र सहमति भयो भन्दै मकवानपुर उद्योग वाणिज्य संघले सामान किन्ने समयसम्म मोटरसाईकल पार्किङ गर्न दिने भनेपछि राखेको मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।नो पार्किङ क्षेत्रमा मोटरसाईकल पार्क गरेपछि आफुहरुले ६ वटा मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया