बिपेन्द्र गौतम
पाँचथर । बर्षात, खराब पानी , गर्मीसंगै लामखुट्ेको टोकाई कारण पाँचथर जिल्ला अस्पताल फिदिममा बालबालिकाहरुमा भारलफिबर, जोरो, टाइफाइड, तथा झगडा पखलाको बिरामीको संख्या बढेका छन् ।
जिल्ला अस्पताल पाँचथरमा उपचारको लागि आउने अधिकांस बिरामीहरु खराब पानीका कारण लामखुट्ेको टोकाईका कारण बालबालिकाको संख्या अधिक रहेको जिल्ला अस्पताल पाँचथरले जनाएको छ । अस्पतालको बैरङग बिभाग र इमरजेन्सीमा उपचार गर्न आउने संख्या मध्ये अधिकांस बालबालिकाहरु रहेको जिल्ला अस्पताल पाँचथरको डाक्टर भुपाल श्रेष्ठले बताउनुभएको छ । उहाँका अनुसार ती बिरमीहरुमा निमोनिया, झाडापखला, टाइफाइडका बिरामी रहेका छन् ।
जिल्ला अस्पताल पाँचथरमा हाल दैनिक १५० भन्दा बढी बिरामी बालबालिका टाइफाइड, ज्यारो, निमोनिया र झाडापखलाको बिरामी उपचारको लागि आउने गरेको जिल्ला अस्पतालका डाक्टर श्रेष्ठले बताउनुभएको छ

तपाईको प्रतिक्रिया