इनरुवा । इटहरी उपमहानगर पालिका २० स्थित तरहरामा सिंह देवी ज्वेलर्स सञ्चालकले १८ करोड बढी ठगी गरेको आरोपमा दिपक गजमेर लाई पुर्पक्षकालागी जेल चलान गरेको छ । सिंह देवी ज्वेलर्स ,सिंह देवी मनि ट्रान्सफर,सिंह देवीईण्डष्ट्रिज प्रा. लि को नाममा अबैध रुपमा आर्थिक कारोबार तथा ठगी गरेको आरोपमा दिपक गजमेर ,सिता बिक,कमल बिक र कृष्ण बहादुर बिक बिरुद्धमा सुक्मित गुरुङ्ग लगायत २७५ जनाले जाहेरी दिएका थिए । जिल्ला अदालत सुनसरीमा ठगी तथा बिनाइजाजत बैंकिङ्ग कारोबार गरेको मुद्दा दायर भएको र आजाको बहस बाट गजमेरलाई पुर्पक्षकालागी जेल चलान गरेको जिल्ला अदालत सुनसरीका श्रेष्तेदार नवराज आचार्यले जानकारी दिनु भयो । जाहेरवालाको तर्फ बाट अधिवक्ता रमेशकुमार पोखरेल ,अधिवक्ता प्रेमप्रसाद पोखरेल ,सरकारी वकिल गोकुल निरौला अनि प्रतिवादीको तर्फबाट अधिवक्ता मोहन कोइरालाले बहस गर्नुभएको थियो।
२०७१ साल असोजबाट सिंह देवी ज्वेलर्स सञ्चालनमा ल्याएका दिपक गजमेरले बिना इजाजत सिंह देवी ईण्डष्ट्रिज र मनि ट्रान्स् फर समेत सञ्चालन गरी वित्तिय कारोबार गर्दै आएका थिए।धेरै ब्याज दिने प्रलोभन दिई घटिमा ६०,००० देखि बढिमा ५५लाख सम्म रिक्सा चालक ,मकै पोलेर बेच्ने ब्यापारी देखि ठुला धनाढ्य सम्म बाट रकम लिन सफल गजमेर केही समय देखि पसल बन्द गरेर फरार रहेका थिए।

तपाईको प्रतिक्रिया