इलाम २८ साउन । मेचि राजमार्गको इलाम नगरपालिका १ बागखोर बजारमा स्कुल बस दुर्घटनामा पर्दा १४ जना विद्यार्थी घाइते भएका छन् । विहान ९ ः ५० बजे मे १ ख १९५५ नम्बरको स्कुल बस दुर्घटनामा परेको हो । घाइतेको थप विवरण आउँन सकेको छैन ।

इलाम पाँचथरको सीमाना राँके बजारबाट आशदिप बोर्डिङ स्कुलको विद्यार्थी बोकेर रक्से बजार आउँदै गरेको स्कुल बस सडकबाट बरिब २० मिटर तल खसेर दुर्घटना भएको प्रहरी जनाएको छ ।

दुर्घटनामा घाइते १४ मध्ये ३ जनाको इलाम अस्पतालमा उपचार भइरहेको छ । अन्य ११ घाइतेलाई उपचारका लागि विर्तामोडको बि एण्ड सी अस्पतालमा पठाइएको बताइएको छ । बसका चालक देउमाई नगरपालिका १ बस्ने ३८ वर्षका दिलबहादुर मगर प्रहरी चौकी रक्सेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया