इटहरी । विपद व्यवस्षापन तथा न्युनिकरणका समाचार संकलन कार्यलाई अझ बढी प्रभावकारी वनाउने उद्धेश्यले सुनसरीका पत्रकारहरुका लागि दुई दिने अभिमुखिकरण तालिम सुरु भएको छ ।
युथ क्रियशन सुनसरीको आयोजना तथा नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा धनकुटाको भेडेटारमा तालिम सुरु गरिएको हो । तालिममा सुनसरीका धरान , इटहरी , इनरुवा , वराहक्षेत्र ,झुम्का लगायतका ठाँउका ३० जना भन्दा वढी पत्रकारहरुको सहभागिता रहेको छ । तालिममा अग्रज पत्रकार यज्ञ शर्मा , युथ क्रियशनका नवराज सुवेदी , विपद व्यवस्थापनका क्षेत्रमा लामो समय देखि कार्यरत सिहँबहादुर खड्काले सहजिकरण गरिरहेका छन ।
तालिममा विपदको समयमा कसरी समाचार संकलन गर्ने समाचार संकलन गर्दा अपनाउनु पर्ने सावधानी पत्रकार आचारसंहिता लगायतका विषयमा सहजिकरण गरिएको छ । तालिम मंगलवार सम्म सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ । तालिम उद्घाटन सत्रमा पत्रकार महासंघका सुनसरी अध्यक्ष अमर खडकाले तालिमले विपद व्यवस्थापनको समाचार संकलन गर्न थप सहज बनाउने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया