इटहरी,  पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको इटहरीमा रहेको टेङ्ग्रा खोलाको पुलले  जोखिम बढाएको छ । प्रदेश  नम्बर १ केन्द्र मानिएको इटहरी स्थित पुर्व पश्चिम सडक खण्डको टेंग्रा पुल धरापमा परेको छ ।दैनिक जसो हजारौं सवारी साधान ओहोर दोहोर गर्ने सो साँगुरो पुल ५० बर्ष अघि निर्माण भएको हो । सरकार पक्षबाट पुन निर्माणका लागि पर्याप्त बजेट बिनियोजन नभएपछि इटहरीको टेंग्रा पुल झनै जोखिममा परेको छ । बिशेष गरी बर्खाको समयमा धरासयी बनिने टेंग्रा  पुलको अबस्था जीर्ण एवम् ठूला– ठूला खाल्डा खुल्डी साथै पानी पुल माथि जम्ने गरेको कारणले सवारी दुर्घटनाको उच्च जोखिम त छदैछ त्यसमा पनि पैदल यात्रीहरू प्रत्यक्ष मार्कामा परिरहेका देखिएको छ ।पुलको आसपास रहेका खाल्डा खुल्डिले सवारी आवत जावतलाई कठिनाइ बनाइरहेको बेला आधा भाग भत्किनुले दुर्घटनाको उच्च जोखिम बढाएको छ । टेङ्ग्रा पुल इटहरीको लागी मात्र नभई यातायात चालकहरुको लागी समेत टाउँको दुखाईको विषय बन्दै गएको छ । 

टेङ्ग्रा पुलमा भएको खाल्डा खुल्डी र अत्याधिक सवारी साधनको चापले पुल जिर्ण बन्दै गएको छ । पुलमा चाप कम गर्न पुलको दुवैतर्फ फुटब्रिज बनाइएपनि सवारी साधनको चाप कम नुहदा समस्या बढ्दो छ । टेङ्ग्रा पुल जिर्ण भएको कारण कहिले र कतीबेला कस्तो दुर्घटना हुने हो भन्न सकिन्न । टेङ्ग्रा पुलले खतराको साइरन बजाइरहेको जस्तै लाग्ने स्थानीय राजीब कार्की बताउछन । आयु सकिसकेको पुललाई नयाँ डिजाइनमा मर्मत गर्नकालागि सडक बिभागको पूर्वाञ्चल क्षेत्रीय कार्यालयले सरकार समक्ष पटक पटक ताकेता गर्दै आएको थियो तर सरकारले यस बिषयमा कुनै चासो नराखेपछि सुनसरी मोरङका अधिकांस पुलहरू अहिले उच्च जोखिममा परेका छन ।

तपाईको प्रतिक्रिया