टौँडा, २७ श्रावण ।
हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मकवानपुर उद्योग वाणिज्य संघले गलत हल्ला चलाएको भन्दै “नो पार्किङ” अभियान नरोकिएको बताएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघले आज हेटौँडा उपमहानगरपालिकासँग मौखिक सहमति भएर ग्राहकको लागि १५, २० मिनेट सबारी रोक्न दिने र ब्यवसायीको हकमा निश्चित स्तान खोजि गरिने जनाएको केहि समयपछि मेयर महतको यस्तो प्रतिक्रिया आएको हो ।

आज मकवानपुर उद्योग बाणिज्यसंघका कार्यबाहक अध्यक्ष माधव न्यौपाने सहितका पदाधिकारी र मेयर महत सहितको टिमकाबिचमा भएको बार्ताबाट ब्यवासायी र घरधनीले नो पार्किङमा सघाउने र ग्राहकको मोटरसाईकल भने उपयुक्त स्थानको खोजी गरेर मात्र केही समेय रोक्न सकिने सहमती भएको मेयर महतले बताए ।
ग्राहकको समस्यालाई मध्यनजर गरेर उपयुक्त स्थान उद्योग बाणिज्यसंघको टोली र उपमहानगरपालिकाका प्रतिनिधि मिलेर खोजी गरेपछी मात्र ग्राहकको मोटरसाईकललाई केही बेर मात्र रोक्नेगरी सहमती गरिएको मेयर महतको भनाई छ ।

मकवानपुर उद्योग बाणिज्य संघले ब्यवसायिको मोटरसाईकल नो पार्किङमा नरोक्ने र ग्राहकको मोटरसाईकल नोपार्किङ गरिएका सडकमा एक तर्फि रुपमा रोक्न दिने भनेर हल्ला फैल्याएको भन्दै यो हल्लामा नलाग्नका लागि मेयर महतले आग्रह समेत गरे । सबैका लागि नियम एउटै भएकाले ग्राहक र ब्याबसायी भनेर नो पार्किङमा नछुट्याइएको उहाँले उनले बताए ।

तपाईको प्रतिक्रिया