भोजपुर ।नेपाल आदिवासी जनजाती पत्रकार महासंघ जिल्ला शाखा भोजपुरले स्थापना दिवसको अवसरमा दुई पत्रकारलाई सम्मान गरेको छ ।
महासंघको १९ औं स्थापना दिवसको अवसरमा नागरिक दैनिकका भोजपुर जिल्ला संवाददाता एक्सन राई र रा.स.स की जिल्ला संवाददाता सरीता राईलाई सम्मान गरेको हो ।
पत्रकारद्धोयले लामो समय देखि जिल्लाको पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेर आदिवासी जनजातिको प्रतिनिधित्व गर्दै समग्र समाज र राष्ट्रलाई पत्रकारीताको माध्यमबाट पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको महासंघले जनाएको छ ।
महासंघ जिल्ला शाखा भोजपुरका अध्यक्ष राजन राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परीषद् भोजपुरका अध्यक्ष चक्र प्रसाद राई रहेका थिए ।
कार्यक्रममा जिल्ला सान्वय समिति भोजपुरका सभापती लक्षमण खड्का, भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले लगाएतको पस्थिति रहेको थियो । कार्यक्रम पौवादुम्मा गाउँपालिका वडा नम्वर ६ ठुलोदुम्माको प्रयोजनमा भएको हो ।

तपाईको प्रतिक्रिया