याम माबोहाङ लिम्बू
इलाम। शिक्षा समृद्धिको जग भएको सहिद बमप्रसाद बान्तवा स्मृति सेन्डरी एजुकेसन एक्जामिनेसन (एसइइ) सम्मान तथा अखिल स्मारिका विमोचन कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले समाज चेतनशिल भयो भने मात्र समाज समृद्ध हुने भएकोले शिक्षालाई व्यवहारिहक र व्यवसायिक बनाउनु पर्नेमा जोड दिए ।

शिक्षालाई स्थानीय समाज र समुदायको पहँुच योग्य बनाउँदै लानुपर्ने शिक्षक महासंघ इलामका अध्यक्ष पूर्ण गौतमले बताए । उनले शिक्षालाई समाबेशी ढंगबाट समुदायका सबै नागरिकको पहुँच योग्य बनाउँन स्थानीय सरकारसँग माग समेत गरे ।

विद्यालय सरकारी जागिर खाने थलो मात्र नभएकोले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिन पर्ने अनेरास्ववियुका केन्द्रिय सदस्य रविन्द्र सुवेदीले बताए । उनले सामुदायिक विद्यालयको गुणस्तर खस्कदै गएकोले नै नीजि विद्यालयमा महँङ्गो शुल्क तिरेर शिक्षा लिनु परेको तर्क व्यक्त गरे । गुणस्तरीय शिक्षाले मात्र समृद्धिको आधारशिला निर्माण गर्ने अखिल क्रान्तिकारी इन्चार्ज विजय खम्बुले बताए । उनले व्यवहारिक र बैज्ञानिक शिक्षा अहिलेको आवश्यकता भएकोले वर्तमान शिक्षा प्रणालीले यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

अनेरास्ववियु र अखिल (क्रान्तिकारी) जिल्ला कमिटीको संयुक्त आयोजनामा भएको कार्यक्रममा जिल्लाका उत्कृष्ट एसइइ पास गर्ने १७ जना विद्यार्थीलाई प्रमाण पत्र सहित पुरस्कृति गरेको छ । उत्कृष्ट विद्यालय तर्फ नीजितफृ समाता शिक्षा निकेतन, प्राविधिक तर्फ अमर मावि, करफोक मावि र सामुदायिक तर्फ भानुभक्त माध्यमिक विद्यालयलाई सम्मान गरेको छ । अनेरास्ववियु जल्ला अध्यक्ष इश्वरी तामाङको अध्यक्षतमा भएको कार्यक्रममा अखिल स्मारिका २०७५ समेत विमोचन भएको थियो ।

तपाईको प्रतिक्रिया