गोपाल पोखरेल
विराटनगर । अज्ञात समुहले विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष अगाडि आज बम विस्फोट गराएपछी विराटनगरबासी त्रसीत भएका छन । पराजुलीको कार्यकक्ष नजिकै रहेको दराजभित्र बम विस्फोट भएको भएपछी विराटगरबासी त्रसित भएका हुन । विस्फोटपछि कर्मचारीहरुबीच भागाभाग भएको थियो ।

विस्फोटको कम्पन र झ्यालको सिसाका कारण मेयर पराजुलीको गाडीको सिसा फुटेको छ । कर्मचारी र सेवाग्राहीहरु समेत त्रसित भएका छन् । बम कसले र किन राखेको भन्ने हालसम्म एकिन हुन सकेको छैन । प्रहरीले घटनास्थललाई नियन्त्रण  लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यलय मोरङका डिएसपी निशान थापाको भनाई छ ।

महानगरपालिका भवनको दोस्रो तलामा मेयरको कार्यकक्ष छ । मेयरलाई भेट्न आउनेहरूका लागि प्रतिक्षा गर्न व्यवस्था गरिएको कोठामा बम विस्फोट भएको हो । विस्फोट कसले गराएको हो भन्ने खुलेको छैन । महानगरका मेयर भिम पराजुलीका अनुसार विस्फोटको आवाज आएपछि हामी डरायौ र ज्यान जोगाउन भाग्न थाल्यौ त्यसपछी धुवाँको मुस्लो देखियो

विराटनगर महानगरपालिकाकाकी मेयर पराजुलीले यो घटना सपना जस्तो लागेको प्रतिक्रीया दिए । उनका अनुसारआकाशमा उडाएको जस्तो भयो मैले आफेनो शरीर हेरे धुलै धुलो भएको रहेछ । बालबाल बाँचीयो ।

विराटनगर महानगरपालिकामा भएको बम बिस्फोटको बारेमा प्रहरीले बुझ्न महानगरपालिकामा राखिएको सिसीक्यामेराको डिभाईस नियन्त्रणमा लिएको छ । घटना स्थलमा नेपाल प्रहरी सशस्त्र प्रहरी सहितको टोलीले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया