इटहरी , सुनसरीका युवाहरुले प्रदेस नम्वर १का सामाजिक विकास ,युवा तथा खेलकुद मन्त्रीलाई प्रादेसिक युवा ऐन वनाउन माग राख्दै ज्ञापन पत्र वुझाएका छन ।

१९ औं अन्ताष्ट्यि युवाको अवसर सुनसरीको इटहरीमा आयोजित कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री जिवन घिमीरेलाई प्रादेसिक युवा ऐन वनाउन माग राख्दै ज्ञापन पत्र वुझाइएको हो ।

जिल्लामा युवाहरुका क्षेत्रमा काम गर्दै आएका ३५ भन्दा वढी संस्थाहरुको प्रतिनिधित्व गर्दै जिल्ला युवा समितिको कार्यालय सुनसरी र युवा विकास केन्द्रको तर्फबाट हर्कजगं एभेगं लिम्बु र अरुण खड्काले ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्र वुझदै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री घिमीरेले युवा ऐनको कुरा जायज रहेको भन्दै त्यसका लागि ध्यानाकर्षण भएको वताए ।

मन्त्री घिमीरेलाई वुझाइएको ७ वुदेँ ज्ञापन पत्रमा नगर गाउँ वडा स्तरिय युवा समितिको संरचना निर्माणको व्यवस्था गर्नु पर्ने लगायतका मागहरु समेटिएका छन । सुनसरीमा विभिन्न कार्यक्रमहरु गर्दै युवा दिवस सप्ताह व्यापी रुपमा मनाइएको थियो । समापन कार्यक्रमका अवसरमा युवा विकास केन्दमा विभिन्न युवा आवद्ध संघ संस्थाहरुले युवासंग सम्वन्धीत विभिन्न खाले स्टलहरु समेत राखिएका थिए । सुनसरीमा युवा दिवस रोट्याक्ट क्लव अफ इटहरी , ट्वीटेरियन सोसाईटी इटहरी , युथ फर ब्लड , नेपाल अपागं चेलीवेटी समाज लगायतका ३५ भन्दा बढी सघसस्थाहरुले संयुक्य रुपमा सप्ताह व्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाएका हुन ।

तपाईको प्रतिक्रिया