- तेजबहादुर बन

इटहरी । अाकास कालाे र गड्याङ गुडुङ गर्ने बित्तिकै अझै पनि इटहरी सुनाैलाे बस्तिका स्थानीयहरू तर्सिन्छन । हतारमा सामान बाधेर छिमेकी तथा अाफन्तकहा बास बस्न पुग्छन । इटहरी उपमहानगर ३ मा पर्ने गैरीगाउ डुबाएकाे र भिषण बाढीमा जम्मा ८ जनाले अनाहक ज्यान गुमाएकाे २०७४ साउन २७ अर्थात अाजकै दिन एक बर्ष पुगेकाे छ । सुनाैलाे बस्ति लगायत अन्य डुबानमा परेका इटहरीबासीहरूका लागि अाज साच्चिकै कालाे दिन बनेकाे छ । पिडितहरू त्याे  दिन कहिल्यै बिर्सन सक्दैनन ।

अाज ७५ सालकाे साउन २७ इटहरीबासीकालागि कालाे दिननै भन्नुपर्छ । गत बर्षकाे भिषण बाढिमा जलमग्न बनेकाे इटहरी र पिडितहरूले पाएकाे सास्ति अहिले सम्म ताजै रहेकाे छ । इटहरीकाे बुडिखाेला किनारमा बसेकाे गैरी गाउ बाढीकै कारण अहिले पनि जाेखिममै छ । बर्खा सुरू भइसकेपछि उनिहरूकाे निद त्यसैपनि गायब छ ।शुरक्षित बसाेबासकाे ब्यवस्था नहुदा उनिहरू अझैपनि खाेला किनारमा बस्न बाध्य छन । बर्खा सुरू भइसक्दा बुढि खाेलाले डिल भत्काउदै बस्ति छेउ पुर्याएकाे छ । खाेलाकाे डिलमै रहेकाे सुनाैलाे बस्ति अहिले पनि त्यतिकै जाेखिममा रहेकाे छ ।

गत बर्षकाे भेलले त्यहाका धेरै जसाे घरहरू डुबानमा पर्नुकासाथै ४ जनाले अनाहक ज्यान गुमाएका थिए । याे बर्ष पनि त्यस्तै बाढी अाउछ र बगाएर लान्छ भन्ने डर त्यहाका बासीमा ताजै छ ।

बिपदकाे बेला अनुगमनमा अाएका इटहरीका जनप्रतिनिधिहरूले पिडितहरूकाे अवस्था देखेर सार्वजनिक जग्गा खाेजिगरी उचित ब्यवस्थापन गरिदिने अास्वासन बाडेकाे अाज साउन २७ गते एक बर्ष पुगेकाे छ तर पिडितहरू उचित बासस्थान त परै जाअाेस अहिले पनि त्रिपाल मुनि बस्न बाध्य छन । समस्यामा परेकाे बेला दिनमा ४ पटक सम्म अाएर फाेटाे खिचेर गए अहिले त नाकमुख नै देखाउदैनन बाढी पश्चात घरबार गुमाएकी सुनाैलाे बस्तिकि सिता भुजेलले बताइन । उनि मात्र हइन त्यहा बसाेबास गर्ने हरेक पिडितहरू अाज यस्तै भन्ने गरेका छन । 

गत बर्ष साउन २७ गते अबिरल बर्षा र बाढी अाए जस्तै अाजकाे दिन पनि त्यस्तै हुने हाे कि भन्ने डर र चिन्ताले यता इटहरिकाे गैरीगाउवासी पनि चिन्तित छन ।  हुन त गत बर्षकाे साउन २७ जस्तै अाज साउन २७ मा पनि बिहानैबाट बर्षा जारी छ याे संयाेग हाे या माैसम अनुसारकाे अदलि बदली । बाढीबाट बिस्थापित बनेका गैरीगाउबासी अझै पनि त्रिपाल मुनी बसिरहेका छन । गत बर्षकाे बाढीबाट अक्रान्त बनेका गैरीगाउका पिडितहरू भन्छन इटहरीका जनप्रतिनिधिले अाश मात्रै देखाएर गए ।  समस्याकाे बेला एक मुठि चिउरा दिएर गए त्यसपछि अहिले सम्म काेहि जनप्रतिनिधिहरू फर्किएर अाएका छैनन गैरीगाउकी मिना खवास भन्छिन ।

२६ गते दिनभरी शरीर पाेल्ने घाम लागेकाे थियाे रातीपनि उस्तै गर्मि थियाे १ बजेपछि पानि पर्न सुरू गर्याे हामि सबै उठेर जाग्राम बस्याै उनले थपिन । के थहा गत बर्षकाे जस्ताे बाडी याे बर्ष पनि अाउदैन भन्न सकिदैन त्यहि भएर अहिले सावधानी अपनाएकाे उनले फेरी थपिन । बाढीले बिजाेग बनाएकाे बेला अवलाेकनमा अाएका जनप्रतिनिधिहरूले शुरक्षित बासस्थानकाे बन्दाेबस्त मिलाइदिने भनि प्रतिबद्धता जनाएका थिए तर बाढीकाे एक बर्ष बितिसक्दा उहि खाेलाकाे किनार नै राेज्नुपर्ने भएपछि पिडितहरू थप समस्यामा परेका छन ।

तपाईको प्रतिक्रिया