चन्दन रौनियार सुनसरी २७/सुनसरी जिल्लाको धरान उपमहानगरपालिका- १८ बाट प्रहरीले शनिबार लागूऔषध बेच विखनमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय, अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको सँयुक्त टोलीले शनिबार दिउँसो धरान उपमहानगरपालिका-१३ बस्ने वर्ष ३७ को रविनकुमार ठाकुर, धरान-१६ बस्ने वर्ष ४५ को सुदेश राई र धरान-१८ बस्ने वर्ष ४२ को गोपाल गुरुङलाई लागूऔषध सहित पक्राउ गरेको हो ।

शनिबार दिउँसो १२:३० बजे को १२ प ९११३ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा स्कुटरका चालक रविन कुमार ठाकुरको शरीरमा लुकाई ल्याएको लागूऔषध वरामद भएपछि प्रहरीले ठाकुरसंग गरेको सोधपूछबाट लागूऔषध बि क्री वितरण गर्ने अन्य २ जना पक्राउ परेका हुन्। धरान उपमहानगरपालिका-१८ स्थित डिपोट बोर्डिङ स्कुल नजिकै रहेको सुदेश राई र गोपाल गुरुङको कोठाबाट प्रहरीले लागूऔषध डाइलेक्स डिसी २९ बोतल, ७२० पिस स्पास्मोप्रोक्स िवन प्लस क्याप्सुल र ९० पिस नाइट्रोसन ट्याब्लेट बरामद गरेको छ ।

उनीहरुको कोठाबाट को १० प ८४५ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ । बरामद लागूऔषध, सवारी साधन तथा मानिसहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।

तपाईको प्रतिक्रिया