प्रेमकुमार कार्की, आज दुनियाँको आँखा अगाडि आशा र भरोसाको भर्भराउँदो शक्तिको रुपमा युवा शक्तिलाई नै बुझ्ने गरेका छन् । साँचिकै युवा शक्ति जुन युवा अवस्थामा जोसिलो जाँगरिलो हुनका साथै साहसिलो हुने गर्दछ । जसले गर्दा यस अवस्थामा जस्तोसुकै जटिलभन्दा जटिल परिस्थितको मुकाविला गर्ने क्षमता पनि राख्ने गर्दै आएको छ । युवा अवस्था बेला क्रान्तिकारी परिवर्नत र अग्रगामी बाहक शक्ति भएर आपूmलाई विश्वसामु स्थापित गर्न सफल भएको छ । यद्यपि युवालाई एउटा कच्चा माटोको रुपम हेर्ने र बुझ्ने गरिन्छ । हुन पनि १६ देखि ४० वर्षभित्रका युवाहरुले नयाँ नयाँ विषयबस्तुहरुको खोजी गर्ने र नयाँ चिजको आविस्कारतिर आफ्नो ध्यान केन्द्रीत गर्ने भएको कारणले पनि उसले पुनारोको अन्त्य र नयाँको विकास र विस्तारलाई मुख्य बनाएकोले पनि युवाहरुप्रति मानिसहरुका भिन्न भिन्न दृष्टिकोण भएको पाइन्छ । यथार्थमा युवा एउटा स्काभेटर हो । जसले छिनमा नै भत्काएर छिनैमा ठूलै उथलपुथल ल्याउन सक्ने क्षमता राख्दछ । तर, विडम्बना भन्नुपर्छ आमूल परिवर्तनको अग्रिम भागमा रहेर आफ्नो जिम्मेवारी बहन गर्ने शक्तिलाई राज्यले सही ढंगबाट पहिचान र परिचालन गर्न सकेको छैन । जतिबेला आन्दोलन र संघर्ष आउने गर्छ त्यसबेला अग्रभागिय मोर्चामा विनाहिचकिच्चाहट आफ्नो भूमिकाप्रति तल्लीन भएर निर्वाह गर्ने युवा शक्ति आन्दोलनको सफलता र अन्त्यपछि जुन शक्ति निराशा, कुण्ठा, हिनताबोधले पिल्सिएर जीवन व्यतित् गर्नु पर्ने टट्कारोे समस्या राज्यको अगाडि रहेको छ । आन्दोलनका बेला उत्साहित, जोसिलो र जाँगरिलो हुने शक्ति आन्दोलन स्थगित पछि बेरोजगारी समस्याले छटपटाह भएर देश र विदेशका गल्लीगल्लीमा भौतारिरहेको पाइन्छ । अहिले जति पनि युवाहरु विदेश पलायन हुन बाध्य भएका छन्, यसले पनि के संकेत गर्छ भने नेपालमा युवा शक्तिलाई परिचालन र प्रयोग गर्ने राज्यले सही नीति निर्माण गर्न सकेको छैन । जसरी २००७ साल वरिवरीदेखि २०३६, २०४६ र २०५२ सालबाट सुरु भएको जनयुद्ध त्यस्तै १९ दिने जनआन्दोलनमा युवाहरुलाई जुन परिणाममा उपस्थिति र उत्साहित बनाइयो सोहीअनुसार राष्ट्र निर्माणको लागि युवा शक्तिलाई रचनात्मक र सिर्जनात्मक काममा केन्द्रीत र उत्साहित हुने खालको युवा नीति बनाई परिचालन गर्नुको विकल्प छैन । जब युवा शक्तिलाई राज्यले सही ढंगबाट प्रयोग र परिचालन गर्ने नीति बनाउदैन तबसम्म देशको विकास सम्भव छैन । किनभने देशको आधाभन्दा बेसी शक्ति युवा हुने, त्यो सबै शक्तिले काम नपाउने, उसले अन्य देशको माटोमा पसिना र रगत सिंचित गरी युवामा रहेको शक्ति दुरुपयोग हुने हुँदा कसरी देशको विकास र राष्ट्र सुसम्पन्न हुन्छ ? जसले गर्दा हाम्रो देश नेपाल साँच्चिकै नयाँ नेपाल बनाउनु छ भने आधा हिस्सा ओगट्ने युवा शक्तिलाई सदुपयोग गरेर मात्र सम्भव देखिन्छ । देश निर्माण गर्ने मुख्य जनशक्ति विदेशी भूमिमा पसिना बगाएर विदेशको माटो सिंचित गरिरहने हो भने हाम्रो देशमा कहिल्यै पनि आमूल परिवर्तन हुँदैन । राजनैतिक परिवर्तन केही मात्र भएको छ । तर, मुख्य आर्थिक परिवर्तन हुँन बाँकी नै छ । जसले गर्दा आम युवा शक्तिहरु आफ्नै देशमा स्वदेशको माटोमै पसिना बगाउने साहस गर्न जरुरी छ । आपूmले सिकेको सीप र श्रम देशकै ढुङ्गा माटोमा खर्चियो भने हामीले बगाएको पसिनाले पक्कै राष्ट्र निर्माण हुनेवाला छ । राष्ट्र निर्माण गर्नको लागि महत्वपूर्ण औजारको रुपमा रहेका शक्ति सबै एक ठाउँमा रहयो भने सहज र सरल ढंगमा देशको विकास विद्युतीय गतिमा हुनेवाला छ । विशेषतः हाम्रो छिमेकी मुलुक चीनलाई हेर्न सक्छौं । युवा शक्तिलाई सही ढंगबाट परिचालन गर्दा पाँच वर्षमा अर्धसामन्ती र अर्धऔपनिवेशिक चीनलाई मुक्त गराई सम्पन्न चीन, त्यो पनि आज विश्वको प्रतिस्पर्धी मुलक भइरहेको छ । यस स्तरको उथलपुथल ल्याउन चीनियाँ युवाहरुको महत्वपूर्ण भूमिका रहेको छ । त्यस्तै हाम्रो देशले पनि विदेशमा गएका युवाहरुलाई स्वदेशमै फर्काउन र विदेश पलायन हुनबाट रोक्ने र सबै युवाहरुलाई परिचालन गर्ने हो भने हाम्रो देश पनि पाँच वर्षमा उथलपुथल अनिवार्य हुनेछ । यदि राज्यले देश निर्माण गर्ने नीति ल्यायो भने युवाहरु पहाड सम्याउन सक्छन्, चट्टान तोड्ने आट गर्नेछन् । त्यतिमात्र होइन यो देशका युवाहरु विदेशमा गई पढेर विद्धान भएका छन् । उनीहरुले डाक्टर, इन्जिनीयर, पाइलोटलगायतको आदम्य क्षमताको विकास गरेका छन् । उनीहरु राष्ट्र निर्माणको लागि विना पारिश्रमिक गाँस, बास, कपास, स्वास्थ्य शिक्षा, राज्यले ग्यारेन्टि गरिदिए भोलेन्टियर रुपमा सेवा दिन तयार छन् । के यो राज्यले आँट गर्न सक्छ ? यदि राज्यले आँट गर्ने हो भने नेपाली युवाहरु आमूल परिवर्तनको लागि जसरी बेलाबेलामा भौतिक शरीरलाई तिलाञ्जली दिन जति तयार छन्, त्यत्तिकै मात्रामा रचनात्मक र सिर्जनात्मक काम गरेर राष्ट्रलाई सुसम्पन्न गर्न आतुर रहेका छन् । विडम्वना यो राष्ट्रले नेपाली युवाहरुलाई पकाई खाने भाडोको रुपमा मात्रै प्रयोग गर्दै आएको छ । जुन भाडोलाई पकाउन्जेल माया गरिन्छ, जब पाकेर खाना खाई भोक मेटाइसकेपछि भाडा संरक्षण नगरेजस्तै युवाहरुलाई पनि राज्यले त्यही ढंगबाट हेरिरहेको छ । आज यतिखेर नेपाली युवाहरु नेपालको एरपोर्टबाट लाखौं युवाहरु रोजगारीको खोजीमा विदेश पलायन भई विदेशीको गल्लीगल्लीमा कही चौकीदार बनिरहेका छन् त कही ढाकर बोकिरहेका स्थितिमा छन् । त्यस्तो युवा जनशक्तिको बारेमा यो राज्य अलिकति पनि चिन्तित छैन । नेपाली युवाहरु विदेशमा खराबभन्दा खराब स्थितिको सामना गर्न बाध्य भइरहेका छन् । सयौं युवाहरुको दिनौदिन एरपोर्टमा लासहरु ओरालीने काम भएको छ । यसको मुख्य समस्या भनेको नेपाली युवाहरु रोजगारीको मामिलामा इलिगल म्यानपावरहरुद्धारा विदेश जाने भएकाले जुन प्रोजेक्ट, सीप र श्रम भनेर जुन आधारमा गयो, त्यहाँ सीप अनुसारको काम नपाउदा धेरै ठूलो क्षति भइरहेको स्थिति छ । जसलाई सरकारले गम्भीरतापूर्वक लिएको छैन । यदि राज्यले गम्भीरतापूर्वक लिई रोजरागका खोजीमा विदेश पलायन भएका युवाहरुलाई पनि स्वदेश फर्काउने र यहाँ रहेका युवाहरुलाई पनि विदेश पलायन हुनबाट रोकी राष्ट्र निर्माणको लागि राज्यले अपिल गर्ने हो भने युवाले सामना गर्नुपर्ने खराबभन्दा खराब स्थितिबाट मुक्त हुन्थ्ये ।
राज्यले अपिल गर्ने वित्तिकै विदेशमा रहेका दक्ष युवा जनशक्तिहरु स्वदेशमै फर्कि आफ्नो राष्ट्र निर्माणको लागि मुख्य भूमिका निर्वाह गर्ने थिए । तर, यतिखेर युवा सम्बन्धि राज्यको नीति सही नभएको हुँदा पाइलोट, इन्जिनीयरलगायत दक्ष युवा जनशक्तिहरु आप्mनो सीप र श्रम विदेशमा बेच्च बाध्य भएका छन् । राज्यले युवा परिचालन गर्ने सही योजना बनाई विदेशमा भएका जति पनि सीपवाला युवाहरुलाई स्वदेमा नै आउने वातावरण बनाए विदेशीका माटोमा रगत र पसिना विनाअर्थ बगाइरहन चाहने थिएनन् । तर, आज राज्यले युवाहरुलाई गम्भीरतापूर्वक हेर्न सकिरहेको छैन । बरु बेरोजगारी युवाहरु गल्लीगल्लीमा भौतारिएर हिडेको टुलुटुलु हेर्न विवश छ । बेरोजगारी समस्या विकराल बन्दै गएकोप्रति यो राज्यको अलिकति पनि चिन्ता र चासो भएको पाइदैन । युवा सम्बन्धि आज राज्य निरिह र निकम्माजस्तै भइरहेको छ । नेपालको सन्दर्भमा अहिलेसम्म हेर्दा युवाको भूमिका संघर्ष र आन्दोलन गर्ने मात्रै जस्तो देखिन थालेको छ । यदि यतिमात्रैमा सीमित हो भने देशको विकास र उन्नती कदापी हुन सक्दैन । जसको फलस्वरुप युवालाई बढिभन्दा बढी रचनात्मक र सिर्जनात्मक काममा परिचान राज्यले गर्न सिक्नुपर्छ । युवा भनेको राष्ट्र निर्माणको मेरुदण्ड हो । हाम्रो देशलाई विकासले सम्पन्न गराउनु छ भने युवाई कडाई ढंगबाट परिचालन गर्नु अनिवार्य भइसकेको छ । यतिखेर युवा भ्रष्टाचारबाट मुक्तजस्तै छ । उसले राष्ट्र र जनताको लागि मात्रै दिमाग ख्याईरहेको हुन्छ । यतिखेर जुन शक्तिलाई पारिवारिक झमेलाबाट बाँधिएको हुँदैन । जसले गर्दा पनि युवाले देशको लागि समय दिन काफि मात्रमा सक्छ । त्यसैले हाम्रो देशका युवाहरु साझा एजेण्डालाई, साझा धारणा बनाई सबै प्रगतिशील युवा संगठनहरु राष्ट्र निर्माण र युवा हकहितको सुनिश्चित गर्नको लागि एक ठाउँमा उभिन जरुर छ । युवा राष्ट्र निर्माण गर्ने महत्वपूर्ण शक्ति भएकाले आन्दोलनलाई जसरी आँधीबेहरी सिर्जना गथ्र्यो त्यसैगरी राष्ट्र निर्माणको निमित्त युवाहरु रचनात्मक र सिर्जनात्मक कामलाई प्राथमिकतामा राखी युवाको राष्ट्र निर्माणको चिनारीलाई देखाउन तम्तयार हुनुपर्छ ।

तपाईको प्रतिक्रिया