कृष्णकला राई, इटहरी, २६ साउन ।

अन्तराष्ट्रिय युवा दिवशको अवसर पारेर  इटहरी उपमहानगरपालिकाको पकलीमा बिभिन्न ६ वटा स्काई क्लवमा आवद्ध युवाहरुको सक्रियतामा   रक्तदान कार्यक्रममा सम्पन्न भयो ।

स्कार्ई क्लव पकलीका टिम लिडर रामवीर शर्माको सभापतित्वमा, अभिशेष साहको संयोजकत्वमा उपमहानगरपालिकाको उप मेयर लक्ष्मी गौतमको प्रमुख आतिथ्यता , रेडक्रस उपशाखा झुम्का उपशाखाका अध्यक्ष इश्वर घिमिरेको विशेष अातिथ्य एवम् नगरपालिकाका वडा १६,१७,१८ अध्यक्षहरु भगवान साह ,दिपनारायण्ण चौधरी, रामकुमार चौधरी तथा नेपाल स्वास्थ्यकर्मी चन्दनकुमार नायक को अातिथ्यमा मा कार्यक्रम भएको थियो ।

रक्तदान कार्यक्रममा सक्रिय सदस्य आयुषा खातुन, सयोजक अरुण शर्मा, लगायतले आफ्नो क्लब अन्तराष्ट्रिय युवा दिवश , एवम् रक्तदान कार्यक्रम को महत्वका विषयमा आ आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा रेड्क्रस उपशाखा सभापति इश्वर घिमिरेले रक्तदान गर्दा कुनै प्रकारको कमजोरी नहुने बरु गरेको रक्तदानले कसैको जीवन रक्षा हुने भएकोले सबैले रक्तदान गर्नु अघि सर्नुपर्ने धारणा राख्नुभएको थियो।कार्यक्रममा ३३जनाले रक्तदान गरेका छन् ।

तपाईको प्रतिक्रिया