- लक्ष्मी न्यौपाने

त्यो रक्सि खाने केटाको चाल नै अलग्
उसका हरेक शब्द का भाव नै अलग्
नशामा बोलेर नथाक्ने उ
अनि सुनेर नथाक्ने म
हामी बिचको म्याथम्याटिक्स नै अलग्
थाहा छ मलाई उसका शब्दहरु अर्थहीन र बेसुर छन्
तरपनि मेरो कोकाकोला भन्दा मिठै छन्
केही क्षणकै लागि सहि
नशामै सहि
कल्पनाको सन्सारको यात्रि छ उ
सारा दुख एकातिर अनि
मनोरञ्जनात्मक दुनियाँ अर्कोतिर
सायद केही समयको लागि अानन्दित जिन्दगी जिउँदैछ
वरपरका मान्छे अचम्मित अाखाले हेरिरहेका छन्
सायद अचम्म लाग्दैछ तिनिहरुलाइ
कोकाकोला र रक्सीको सम्बन्ध ,
मौनता र बर्बरताको सम्बन्ध ,
समग्र तिम्रो र मेरो नै सम्बन्ध

@ लक्ष्मी न्यौपाने

तपाईको प्रतिक्रिया