इटहरी । नागरिक समाज इटहरीको भेलाले दिनेश रसाइलीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
कस्तुरी कलेजमा भएको भेलाले उपाध्यक्षहरुमा बिरबहादुर लिम्बु , सन्तवहादुर डुम्जन र महेन्द्र गिरीलाई सर्वसम्वतले चयन गरेको हो । त्यसै गरी महासचिवमा राजु केसी

सचिवमा चिरहागं राई चयन भएका छन भने सदस्यहरुमा बालिका भट्टराई ,गंगा आर्चाय , आर के राई लगायतका रहेका छन । नयाँ कार्य समिति चयनका लागि भएको भेलामा पुर्व मन्त्री रामकुमार सुब्बा , निर्वतमान अध्यक्ष कमलेश शर्मा पौड्याल , पुर्व अध्यक्ष वद्री विशाल पोखरेल, बोधराज नेपाल समाज सेवी रुद्र बस्नेत लगायतले नागरिक समाजले खेल्दै आएको भुमिका र खेल्नु पर्ने भुमिकाका विषयमा चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया